स्वागतम खबर
ढल्केवर, जेठ १६ ।
धनुषामा एक किशोरीमाथि सामुहिक बलात्कार भएको घटना सार्वजानिक भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको प्रहरी स्रोतले जनाएको छ ।
पीडित पक्षले ५ जनाको नाउँमा दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आईतबार बलात्कार घटनामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ भन्ने अन्य फरार रहेको जनाएको छ । जोहरीको आधारमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा हाल धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने सिकिन्द्र साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै बलात्कार घटनाका अन्य आरोपीहरु फरार रहेकोले खोजी कार्य रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिएका छन् । प्रहरी स्रोतका अनुसार गत चैत १ गते आरोपीतहरुले ती किशोरीलाई क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर घरबाट मिथिला नगरपालिका–५ ढल्केवर नजिकै रहेको बसही पुलको छेउमा एक होटलमा लगेर जवरजस्ती करणी गरेको थियो ।
पीडित पक्षले जवरजस्ती करणीको आरोपमा ५ जना विरुद्ध ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएका थिए । प्रहरीले त्यो मुद्दा जेठ ३ गते दर्ता गरेको थियो । प्रहरी स्रोतका अनुसार धनुषा जिल्ला अदालतले आरोपितहरु विरुद्ध पक्राउ पुर्जी नै जारी गरेपछि पक्राउ गरिएको हो ।
आरोपितहरु पाँच जनामध्येबाट एकजनालाई महेन्द्रनगरबाट आईतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । यता घटनामा संलग्न भनिएका अन्य फरार भएकाले उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई धनुषा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।