स्वागतम खबर
सिराहा, जेठ १६ ।
सिराहाको गोलबजार नगरपालिका वडा १३ का नवनिर्वाचित वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले आज पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिको स्वागत तथा शुभकामना कार्यक्रम गरि पदभार ग्रहण गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित वडा अध्यक्ष नन्द कुमार महतोले शिक्षा ,स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखी अगाडी बढ्ने प्रतिबद्धता गरेको छ । वडावासीले विश्वास गरि आफनो अमुल्य मत दिई भारी मतले निर्वाचित बनाएकोले वहाहरुको मतको कदर गर्दै जन्ताको चाहना अनुरुप काम गर्ने बताए ।
उनले भने ’आफुले शिक्षालाई विशेष प्राथमिकतामा राखी वडाका छात्राहरुले +२ पास गरि स्नातकतह (दबअजभयिच )मा अध्यन गर्ने विद्यार्थीको लागि सम्पुर्ण खर्च वडाले ब्यहोर्ने प्रतिबद्धता जनाए ।
यता ,गोलबजार नगरपालिकामा वडा नम्बर ४,९,१०,१३ गरि ४ वटा वडामा आज वडा अध्यक्षहरुले पदभार ग्रहण गरेका छन । अध्यक्ष महतोका प्यानल नेपाली काङ्ग्रेसबाट करिब दोब्बर मतले निर्वाचित भएका हुन । कार्यक्रममा स्थानीय नेता तथा युवाहरु, बुद्धिजीवी र करिव हजार भन्दा बढी जनसहभागिता समेतको उपस्थिति रहेको थियो ।