रुपन्देही, जेठ २२ ।
जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस रुपन्देहीको भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान करिव साढे ४ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मी र स्थानीयको उद्धारमा सबै घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पु¥याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीन वटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गरिएको बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएकाहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भईरहेको ट्राफिक प्रहरी प्रमुख केसीले जानकारी दिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । रोहिणी पुलको रेलिङ भाँच्दै बस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेहको बस जनकपुरबाट भैरहवा जाँदै गरेकोले बसमा जनकपुरतिर यात्रु समेत हुन सक्ने आंशका गरिएको छ ।
घाइतेहरुको अस्पतालमा उपचार हुँदै