स्वागतम खबर
ढल्केवर, जेठ २८ ।
मिथिला नगर पत्रकार संजाल ढल्केवर धनुषाको प्रथम साधारणसभा शनिवार धनुषाको ढल्केवरमा सम्पन्न भएको छ । संजालका अध्यक्ष शंकर बहादुर थापाको अध्यक्षता तथा मिथिला नगरपालिकाका उपमेयर सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपमेयर बुढाथोकीले पत्रकारहरुलाई सहि र सत्यतथ्य सूचना प्रवाहमा दत्तचित भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले जिल्लामै पहिलो नगर पत्रकार संजालको रुपमा मिथिला नगर पत्रकार संजाल ढल्केवर स्थापित भएकोले आफु गौरवान्वित महसुस गरेको बताउनुभयो । उहाँले संजाललाई आफुले भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
दुई सत्रमा भएको साधारणसभाको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामत, मिथिला नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रामबहादुर स्यांगदन, माओवादी केन्द्रका मिथिला नगरपालिका अध्यक्ष रामकुमार महतो, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष रामप्रसाद महतो, सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प नक्टाझिजमा सशस्त्र प्रहरी निरिक्षक संजय रेग्मी, हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतो, नगर युवा संजालका अध्यक्ष राजु महतो, संचारकर्मी तथा सामाजिक अभियन्ता फुलगेन मगही लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यता मिथिला नगर पत्रकार संजाल ढल्केवर धनुषाको प्रथम साधारणसभाको बन्द सत्रबाट संजालको नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको छ । प्रथम साधारणसभाको बन्द सत्रबाट विनोद कुमार महतोलाई सर्वसम्मत रुपमा संजालको अध्यक्षमा चयन गरेको छ । यस्तै संजालको उपाध्यक्षमा सरस्वती लामा, सचिवमा विजय कुमार साह, कोषाध्यक्षमा विजय कुमार सिंहलाई सर्वसम्मत चयन गरिएको छ । त्यस्तै संजालको सदस्यहरुमा रामकमल महतो, प्रेमबहादुर कार्की, सारथी लामा लगायतलाई चयन गरिएको छ ।
यता साधारणसभाको बन्द सत्रबाटै संजालको सल्लाहकारमा निवर्तमान अध्यक्ष शंकर बहादुर थापा र अरुण कुमार महतोलाई चयन गरिएको संजालले जनाएको छ ।
मिथिला नगर पत्रकार संजाल धनुषा जिल्लामै पहिलो नगर पत्रकार संजालको रुपमा स्थापित भएको छ । मिथिला नगर पत्रकार संजाल जिल्ला प्रशासन कार्यालय धनुषामा विधान सम्वत विधिवत रुपमा दर्ता भई आन्तरिक राजस्व कार्यालबाट स्थायी लेखा नम्बर समेत प्राप्त गरिसकेको संजालका अध्यक्ष महतोले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्य समिति सदस्य समेत रहनुभएका अध्यक्ष महतो नगरभित्रका सक्रिय पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता तथा दक्षता अभिवृद्धिका लागि तालिम लगायतको कार्यक्रमहरु संचालन गर्ने तथा नगरमा पत्रकारहरुको संख्या समेत बढाउने उद्देश्य रहेको बताउनुभयो । संजाल पत्रकार आचारसंहिता पालनको लागि पूर्ण प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।