स्वागतम खबर
जनकपुरधाम, असार ११ ।
मधेश प्रदेश भलिबल संघको अधिवेशन विहिवार जनकपुरमा सम्पन्न भएको छ । अधिवेशले प्रदेश भलिबल संघको अध्यक्ष पदमा ज्ञानेन्द्र कुमार यादवलाई सर्वसम्मत चयन गरेको छ ।
मधेश प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री रहेको यादवलाई जनकपुरमा सम्पन्न भएको अधिवेशले अध्यक्ष पदमा चयन गरेको छ ।
यस्तै प्रदेश भविबल संघको उपाध्यक्षमा फोरोज खान, कोषाध्यक्षमा खेलाडी श्रीनारायण पण्डित, महासचिवमा रामाशंकर चौधरी, सचिवमा खेलाडी सुनिल कुमार यादवलाई चयन गरेको छ ।
यता संघको सदस्यहरुमा खेलाडी रामसरोज यादव, बिनय यादव, धर्बेन्द्र यादवलाई चयन गरिएको संघले जनाएको छ ।