स्वागतम खबर
ढल्केवर, असार १९ ।
धनुषाका मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा आयुर्वेदिक स्वास्थ्य केन्द्र संचालन हुने भएकाे छ । नक्टाझिजकाे साविक वडा नं. ६ स्थित एभरेष्ट युवा क्लवकाे भवनमा आयुर्वेदिक स्वास्थ्य केन्द्र संचालन हुन लागेकाे छ । साे स्वास्थ्य केन्द्रकाे असार २० गते साेमबार एक समारोहबीच उदघाटन गर्ने कार्यक्रम रहेकाे क्लवले जनाएकाे छ ।
मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महताेले साे स्वास्थ्य केन्द्रकाे उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । जनकपुरधामकाे मुजेलियामा रहेकाे आयुर्वेदिक स्वास्थ्य केन्द्रकाे शाखाकाे रुपमा संचालन हुन लागेकाे हाे । स्वास्थ्य केन्द्र नियमित खुल्ने र आयुर्वेदिक औषधीहरु उपलब्ध हुने जनाईएकाे छ ।