Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

धनुषाको नक्टाझिजमा नागरिक आरोग्य सेवा केन्द्र संचालन, मेयर महतोद्धारा उद्घाटन

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
धनुषाको नक्टाझिजमा नागरिक आरोग्य सेवा केन्द्र संचालन, मेयर महतोद्धारा उद्घाटन

विनोद महतो
ढल्केवर, असार २० ।

धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा नगरस्तरीय नागरिक आरोग्य सेवा केन्द्र संचालन भएको छ । नक्टाझिजको साविक वडा नं. ६ स्थित एभरेष्ट युवा क्लवको भवनमा आयुर्वेदिक पद्धतीबाट स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन नगरस्तरीय नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतो र उप मेयर सुनितासिंह बुढाथोकीले सोमबार विहान सो आरोग्य सेवा केन्द्रको उद्घाटन गरेपछि संचालनमा आएको छ ।
आरोग्य केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख महतोले आयुर्वेदिक पद्धतिबाट उपचारका लागि अब नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । आयुर्वेदिक औषधी सेवन गर्ने विरामीहरुलाई स्वास्थ्य जाँच र उपचार गराउन अब जनकपुर जानुपर्ने अवस्थाको अन्त्य भएको र यहिबाट सेवा लिन नगरबासीलाई उहाँले आग्रह गर्नुभयो । हाल सानो कोठामा सुरु भएको नागरिक आरोग्य सेवा केन्द्रलाई भविष्यमा जनचाहना अनुसार विस्तार गर्ने प्रमुख महतोले प्रतिबद्धता समेत जनाउनुभयो । अंग्रेजी औषधीको विस्तार नभएको बेला आयुर्वेदिक औषधीले नै उपचार हुँदै आएको भएपनि पछिल्लो समय रोग छिटो छिटो निको पार्न अंग्रेजी औषधीको प्रभाव बढ्दै गएको हुन सक्ने उहाँको भनाई थियो । तर शरीरमा कुनै पनि साइड इफेक्ट नगर्ने आयुर्वेदिक औषधी नै प्रयोग गर्दा रोग पनि निको हुने र शरीरलाई कुनै असर पनि नहुने यर्थातलाई जागरुकताको मार्फत बैद्यहरु जनमानसमा सन्देश दिनुपर्ने प्रमुख महतोको जोड थियो ।


यता सोहि कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला नगरपालिकाका उप प्रमुख सुनिता सिंह बुढाथोकीले अबको विद्यालय शिक्षामा नै आयुर्वेद र योगाभ्यासलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । नागरिकलाई आरोग्य बनाउन योगाको शिक्षक तयार गरेर विद्यालयहरुमा अभियानको रुपमा योगअभ्यास र आयुर्वेद शिक्षा विस्तार गर्नुपर्ने रणनीतिका साथ आफुहरु अघि बढिरहेको उहाँ भनाई थियो ।


जनकपुर आयुर्वेद औषधालय धनुषाका प्रमुख डा. सीमा झाले पालिकाहरुमा पनि आरोग्य सेवा केन्द्र संचालन गर्ने सरकारको योजना अनुसार नै मिथिला नगरपालिकामा नगरस्तरीय आरोग्य केन्द्र संचालन गरिएको बताउनुभयो । आरोग्य केन्द्रमा कर्मचारी बाहेक सबै व्यवस्थापनको कार्य नगरपालिकाले नै गर्नु पर्ने र हेर्नुपर्ने नीति रहेको प्रमुख झाले स्पष्ट गर्नुभयो । नेपाल सरकारले हाल २३ प्रकारको आयुर्वेदिक औषधी उपलब्ध गराई रहेका जानकारी दिँदै प्रमुख झाले अब यसको औषधी व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको स्वास्थ्य शाखाको नै भएकोले यसको नियमित संचालन र व्यवस्थापन कार्यमा नगरपालिकालाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

सो आरोग्य केन्द्रको ईन्चार्जको जिम्मेवारी कविराज प्रेम महतोलाई दिएको छ । केन्द्रमा विरामी जाँच गरिनुका साथै आवश्यक आयुर्वेदिक औषधी समेत उपलब्ध हुने ईन्चार्ज महतोले बताउनुभयो ।
जनकपुर आयुर्वेद औषधालय धनुषाका प्रमुख डा. सीमा झाको अध्यक्षता तथा नगर प्रमुख महतोको प्रमुख आतिथ्यमा नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन गरिएको थियो । सो अवसरमा मिथिला नगरपालिकाका उप प्रमुख सुनिता सिंह बुढाथोकी, वडाअध्यक्ष विहारी महतो, नगरपालिकाका स्वास्थ्य संयोजक अशोक भण्डारी, लगायत वडासदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, क्लवका अध्यक्ष श्याम महतो, औषधालयका बैद्य, कविराज, कर्मचारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
आरोग्य सेवा केन्द्र संचालनका लागि मिथिला नगरपालिकाले आवश्यक टेबुल, कुर्सी दराज लगायत सामग्रीहरुको उपलब्ध गराएको छ भने एभरेष्ट युवा क्लवले तत्कालका लागि सहयोग स्वरुप भवन उपलब्ध गराएको क्लवका अध्यक्ष महतोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

भर्खरै

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य