Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

धनुषाको मिथिला नगरपालिकाद्धारा यौनिक अल्पसंख्यकलाई सम्मान

राज्य पक्षले आफुहरुमाथि अन्याय गर्यो : प्रदिप

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
धनुषाको मिथिला नगरपालिकाद्धारा यौनिक अल्पसंख्यकलाई सम्मान

दिवेश कुमार महतो
ढल्केवर, असार २० ।

धनुषाको मिथिला नगरपालिका ढल्केवरले पहिलो पटक यौनिक अल्पसंख्यकलाई सम्मान गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले आइतवार ढल्केवरमा एक कार्यक्रमको आयोजना गरी यौनिक अल्पसंख्यकलाई सम्मान गरेको छ । शाखा प्रमुख भगवति गजुरेलको अध्यक्षता तथा नगरपालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा यौनिक अल्पसंख्यकहरूलाई माला, टिका लगाई दोसल्ला ओढाएर नगद सहित सम्मान गरेको छ ।
नगरपालिकाले दिएको जानकारी अनुसार निल हिरा समाज जनकपुरधामका मुस्कान शर्मा, जुनु चौधरी, मालती महासेठ, जसोधा राई, ममता याख, शान्ति यादव, छोटु साह (सत्यनारायण), प्रदिप यादव लगायतका यौनिक अल्पसंख्यकहरूलाई सम्मान गरिएको हो ।
जिल्लाको १८ वटै पालिका मध्ये यौनिक अल्पसंख्यकहरूलाई सम्मान गर्ने मिथिला नगरपालिकाले जिल्लामै पहिलो नगरपालिका बनेको छ । यौनिक अल्पसंख्यकहरूको पनि हरेक क्षेत्रमा सम्मानजनक सहभागीता हुनुपर्छ र शिक्षा बाट बञ्चित नगरियोस् भन्ने उद्देश्यका साथ सम्मान गरिएको प्रमुख अतिथि मिथिला नगरपालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकीले बताउनुभयो ।
महिला पुरुषलाई मात्र सम्मानजनक भावनाले हेरिएको समाजमा यौनिक अल्पसंख्यकहरूको जनजिवन पिडादायी बनि रहेको अवस्थामा यो सम्मानले पक्कै पनि उहाँहरुलाई केही हौसल्ला मिलेको हुन सक्ने उप प्रमुख बुढाथोकीले विश्वास व्यक्त गर्नुभयो ।


यता समाजमा तेस्रो लिंङगीलाई पनि सम्म्मान पूर्वक बाँच्ने अधिकार रहेको र आफुहरुले पनि सम्मान नागरिक जस्तै सेवा सुविधा पाउनु पर्ने कुरालाई व्यापक रुपमा उठाइरहेको बेला मिथिला नगरपालिकाले सम्मान गरेर आफुहरुको जीवनमा हौसल्ला थपेको निलहिरा समाज जनकपुरधाम संयोजक प्रदिप यादवले बताउनुभयो ।
संयोजक यादवले यौनिक अल्पसंख्यकहरूलाई राज्यपक्षबाट नै विभेद गरिएको झन्झटिलो प्रावधान ल्याएर नागरिकताको अधिकारबाट बञ्चित गर्न खोजिएको गुनासो गर्नुभयो । उहाँले तेस्रो लिङ्गी भएकाहरुलाई चिकित्साबाट प्रमाणित मेडिकल प्रमाण सहित पेस गर्न र सिडिओ कार्यालयमा दौडधुप गर्नुपर्ने अवस्था रहेको र कुनै पनि सरकारी कार्यालय, राजीनतिक क्षेत्रमा पुरुष महिला बाहेक तेस्रो लिङ्गी भएकाहरुलाई सहभागी नगराएकोले राज्य पक्षबाटै आफुहरुमाथि विभेद गरिएको दुखेसो पोख्नुभयो । आफुहरुलाई शिक्षाबाट बञ्चित गराउँदा अपहेलित हुने अवस्था देखिएको र सरकारले पहिचान अनुसारको नागरिकता दिन पनि नसक्दा आफुहरु समाजमा अपहेलित जीवन जिउन बाध्य भएको उहाँको भनाई थियो । जानी जानी कोहि तेस्रो लिंङ्गी नबनेको हो, जन्मिने प्रक्रियामा नै यो प्रकृतिले नै आफुहरुसँग अन्याय गरेको र भौतिक संसारमा यहाँको समाज र सरकारले पनि आफुहरुमाथि नै अन्याय गरेको हुँदा आफुहरु कहाँ जाने, कहाँ गएर बस्ने, कुन लोकमा जाने भनेर प्रश्न समेत गर्नुभयो ।
उक्त कार्यक्रममा टिपीओ नेपाल, एसिया फाउन्डेसन, मिथिला नगरपालिकाको शिक्षा शाखा, मिथिला नगर युवा संजाल, मानव अधिकार समिति मिथिला नगरपालिका, मिथिला विकास संस्थान मिथिला नगरपालिका, मिथिला नगर बाल संजाल ढल्केवर, ईलाका प्रहरी कार्यालय ढल्केवर, लङघाली युवा समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

भर्खरै

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य