स्वागतम खबर
जनकपुरधाम, साउन १९ ।
रामचरित्रमानस र संस्कृत रामायणका रचनाकार तुलसीदासको जयन्ती दिवस विहिवार विविध कार्यक्रम गरी मनाइएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवाको नयाँ टोलस्थित रामजानकी कुशवाहा कुट्टीमा तुलसी दास जयन्ती मनाइएको छ ।
सामाजिक सन्तुलनमा धेरै प्रभावशाली विचारका खोजकर्ता र वैदिक सनातन हिन्दू दर्शनका पूर्ण प्रवक्ता, धार्मिक कथाकार तथा कवि तुलसी दासका जयन्तीको अवसरमा विहिवार साँझ दिप प्रज्वलन समेत गरिएको कुट्टीका महन्थ सुरज बाबाले जानकारी दिनुभयो । तुलसी दासलाई गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छ ।
विशेष गरी भगवान राम र उनको टुक्रा टुक्रा रामचरित्रमानस र संस्कृत रामायण (तुलसीदासकृत रामायण) को नयाँ अध्यायको लागि तुलसीदास भक्तिको लागि प्रसिद्ध छ । तुलसीदास संसार छाडेको लामो समय भइसक्दा पनि उहाँद्वारा सृजित रामायण अखनो विभिन्न मन्दिर, गुम्बा, मठमन्दिर, पुस्तकालय, विद्यालयमा देख्न सकिन्छ ।
कवि तुलसीदासलाई वाल्मीकिको पुनर्जन्म मानिन्छ र अझै पनि उहाँद्वारा लिखित हनुमान चालिसाका श्लोकहरू नेपाल र भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनुयायीहरूले पूजा, गायन र पठन गर्छन् । वानरसको एउटा घाट अहिले पनि तुलसीदासको नाममा राखिएको छ ।