स्वागतम खबर
महेन्द्रनगर, साउन २० ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रहेको सर्पदंश उपचार केन्द्रको दोस्रो साधारणसभा शुक्रवार सम्पन्न भएको छ । सर्पदंश उपचार केन्द्र महेन्द्रनगरको सम्पन्न दोस्रो साधारणसभाबाट नयाँ संचालक समिति चयन गरेको छ । महेन्द्रनगरमा केन्द्रको भएको दोस्रो साधारणसभाले दोस्रो कार्यकालका लागि नयाँ संचालक समितिको अध्यक्षमा राजकिशोर राउतलाई सर्वसम्मत चयन गरेको छ ।
सर्पदंश उपचार केन्द्रका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता तथा नेपाली कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियारको प्रमुख आतिथ्यमा भएको भएको साधारणसभाले नयाँ संचालक समिति चयन गरेको हो ।
केन्द्रको नयाँ कार्यसमितिको अध्यक्षमा राज किशोर राउत, उपाध्यक्ष नवल किशोर यादव, सचिव मोद कुमार महतोलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा बिजय कुमार यादव, माधव कुमारी आले, अनु कुमारी साह, मनोज कुमार झालाई चयन गरिएको हो ।
सो अवसरमा श्री श्रीनाथ गण महेन्द्रनगरका प्रमुख सेनानी श्याम विक, क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विनय साह, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष जय किशोर सिंह, वडा ७ का मुवारक कवारी(नथुनी), वडा नं.८ का वडाअध्यक्ष मोद कुमार महतो, वडा ९ का वडाअध्यक्ष अवध किशोर यादव लगायतको समेत उपस्थिति रहेको थियो । सर्पदंश उपचार केन्द्रले यस क्षेत्रका सर्पद्रश विरामीहरुको उपचार सेवा दिँदै आएको छ ।