स्वागतम खबर
महेन्द्रनगर, साउन ३१ ।
श्री क्षीरेश्वर सेवा समाज दोहा कतारले नयाँ कार्य समिति गठन गरेको छ । आपत विपतको समयमा सहयोग गर्ने उद्देश्य सहित समाजिक कार्यमा समर्पित श्री क्षीरेश्वर सेवा समाज दोहा कतारको सम्पन्न भेलालले नयाँ कार्य समिति चयन गरेको छ ।
श्री क्षीरेश्वर सेवा समाज दोहा कतारको नयाँ कार्य समितिको अध्यक्षमा जीवन भट्टराईलाई चयन गरिएको छ ।
यस्तै समितिको उपाध्यक्ष राज कुमार साह (गुप्ता), कोषाध्यक्षमा चन्देश्वर राउत, सचिवमा कमलेश महतो, उपसचिवमा संजय गिरी, रंजित मंडल, सत्रुधन साह लाई चयन गरेको छ । श्री क्षीरेश्वर सेवा समाज दोहा कतारको सहदस्यहरुमा विजय राउत, अनिल राय, विनोद ठाकुर, लालबावु राम, अमरेश झा, अब्दुल बारिक हुसेन, धर्मेन्द्र साह र विरेन्द्र गुप्तालाई सर्वसहमतिले चयन गरिएको छ ।
यता समाजको वरिष्ठ सल्लाहकारमा राम साह, अरुण माझी, विष्णु बबहादुरकार्की, सल्लाहकारमा जितेन्द्र यादव, सुजित साह, इन्दल महतो, संजिव ठाकुर, जाहिर राइन, टेक्निकल प्राविधिक सहयोगीमा हनुमान साहलाई चयन गरेको समाजले जनाएको छ ।
नव गठित कार्यसमितिका अध्यक्ष जीवन भट्टराईका अनुसार समाजमा देखिएको समस्या तथा समाजिक कार्य गर्नका लागि सहयोगीमन भएकाहरुको समूह मिलेर बनेको समाजमा देखिएको समस्यालाई टाढा भएर पनि केही राहत पुगाउने उदेश्यका साथ श्री क्षीरेश्वर सेवा समाज दोहा कतारको स्थापना गरिएको हो । यसमा आवद्ध सम्पुर्ण सदस्य सेवाको मनले लागेको उहाँले बताउनुभयो ।
नवगठित समितिका अध्यक्ष भट्टराईले समाजमा कुनै गरिब, दलित विपन्न घरपरिवार समस्या रहेको थाहा भएमा सहयोगका लागि आफ्नो टिमलाई सम्झिन सबैमा आग्रह समेत गर्नुभएको छ । जानकारी पाएमा पीडित परिवारलाई आफुहरुले सक्दो सहयोग गर्न तत्पर रहेको उहाँको भनाइ छ ।