स्वागतम खबर
महेन्द्रनगर, भदौ २ ।
बसको ठक्करबाट धनुषामा एक बाललको ज्यान गएको छ । मिथिला नगरपालिका वडा नं. २ नक्टाझिज बस्ने नन्दलाल दासको छोरा १३ वर्षीय विशाल कुमार दास को बसको ठक्करले ज्यान गएको प्रहरीले जनाएको छ । जनकपुरधामबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
बिहीबार दिउँसो करि २ बजेको समयमा जनकपुरधाम–ढल्केबर सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका २ नक्टाझिज स्थित मिथिला चौक नजिकै तिव्र गतिमा रहेको बसले ठक्कर दिएको स्थानीय प्रत्यक्षदशीहरुले बताएका छन् । साईकलमा सवार बालक दासलाई बसले ठक्कर सडक खण्डको पश्चिम साइडमा लेनमा ठक्कर दिएको थियो । ठक्कर लागेर गम्भीर घाइते बालकको उपचारको क्रममा जनकपुर स्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिएका छन् ।
यता ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । मृत्तक बालकको छिमेकीहरुको अनुसार मिथिला चौकबाट सडक क्रस गरेर सडकको पश्चिम साइडमा साइकल लिएर विश्वकर्माचौकमा कपाल कटाउन जाँदै थियो । घटना स्थलक प्रकृति हेर्दा बालक त रंग साइडमा थियो नै तर बस आफ्नै साइडमा गईरहेपनि हाई स्पीड र मध्यम स्पीडको लेन छोडेर स्लोह वा पार्किंगको लेनमा गएर ठक्कर दिएको प्रत्यक्षदर्शीहरु भनाई छ । एकजना प्रत्यक्षदर्शीका अनुसार बस विश्वकर्माचौकदेखि नै अनियन्त्रित जस्तै देखिन्थ्यो, कहिले दायाँ त कहिले वायाँ हुँदै थियो ।
उसको घर नजिककै एकजनाले घर भेटेको सर्प मारेर गाड्न लाई पश्चिम पट्टीको सडक किनारमा आएको थियो । घरबाट विश्वकर्माचौकमा कपाल कटाउन साइकल लिएर हिँडेका विशाल जानको लागि बायाँ साइड भएर जानुपर्नेमा सोहि आफनै छिमेकीहरुले सर्प गाडेको ठाउँमा सडक खण्डको पश्चिम मिथिला चौकमा गएको थियो । त्यहाँबाटै साइलक लिएर दायाँ साइढ हुँदै विश्वकर्माचौकमा पार्किंग लेन भएर जान लाग्दा केही परसम्म नपुग्दै बसले ठक्कर दिएको एकजना प्रत्यदर्शी उनकै छिमेकीले बतायो । हाल निर्माण भएको ट लेनको उक्त सडक खण्डमा जहाँ तत्हीबाट बाटो क्रस गर्न सकिदैन् ।
मृतक बालक श्री जनता माध्यमिक विद्यालय नक्टाझिज मा कक्षा ५ मा पढ्दै थिए । विहिवार उनी विद्यालय गएका थिएनन् । नन्दलाल दासको ३ छोरा र १ छोरीमध्ये विशाल सबैभन्दा कान्छो छोरा थियो । अहिले विशालको मृत्युपछि परिवार शोकमा छन् । बालकको पिता नन्दलाल र जेठो दाइ वैदेशिक रोजगारमा छन् ।