स्वागतम खबर
महेन्द्रनगर, भदौ १५ ।

नेपाल विद्युत प्राधिकरण सखुवा महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत पर्ने धनुषाको केही पालिका र क्षेत्रमा दुई दिन विद्युत लाईन अवरुद्ध हुने भएको छ । सखुवा महेन्द्रनगर वितरण केन्द्र अन्तर्गत ११ के.भी. गोदार फिडर ११ के.भी. लालगढ फिडरको विद्युत भदौ १७ र १८ गते अवरुद्ध हुनेछ ।
११ के.भी. गोदार फिडर ११ के.भी. लालगढ फिडरको एरियामा बुस कटिङ्ग र जिर्ण तथा ईन्सुलेसन कम भएका डिस्क पिन बदली गरी लाईन मर्मत संभार गनुपर्ने भएकोले भदौ १७ र १८ गते विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत लाईन अवरुद्ध हुने सखुवा वितरण केन्द्रका प्रमुख रोशन कुमार सिंहले जानकारी दिनुभयो ।
वितरण केन्द्रका अनुसार भदौ १७ गते विहान ७ बजेदेखि २ बजेसम्म गोदार फिडर एरियामा पर्ने केवलीपुर, श्रीपुर, विश्रामपुर, लालभिती, मरधर, पुष्पवलपुर, मधुवासा, दिगम्वरपुर, ईच्छापुर, रतनपुर लगायतको एरियामा विद्युत लाईन अवरुद्ध हुनेछ । यस्तै भदौ १८ गते लालगढ फिडरको जमुनिवास, बडहरी, खम्बासिंह टोल, डाडा टोल, किसाननगर, लालगढ, तुल्सी बर्दिवास लगायतको एरियामा विहान ७ बजेदेखि २ बजेसम्म विद्युत लाईन अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।