स्वागतम खबर
महेन्द्रनगर, भदौ २३ ।
सर्लाहीको लालबन्दीमा स्थानीय शासन प्रक्रियामा युवा संलग्नता परियोजना (प्रोयेल) अन्तर्गत संघीयता, संवैधानिक तथा निर्वाचन साक्षरता सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । सहयोगी समाज नेपालको आयोजना तथा हेल्वेटास नेपालको सहयोगमा संचालन गरिएको दुई दिने तालिम बुधवार सम्पन्न भएको छ ।
सहयोगी समाज नेपालका हरिबहादुर थापाको अध्यक्षतामा भएको सो तालिमको समापनको अवसरमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको संस्थाले जनाएको छ । तालिममा सहभागी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका र सर्लाहीको हरिवन नगरपालिकाका युथ प्यानलको ४० जना युवायुवतीहरुलाई संघीयता, संवैधानिक तथा निर्वाचन साक्षरता विषयमा निरमा चौधरी, बद्री मानन्धर, केशव पौडेल, सर्लाहीका जिल्ला निर्वाचन अधिकृत निर्मल पोखरेल, जनक अधिकारी लगायतले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो ।
तालिम समापनको अवसरमा सर्लाही हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, हेल्वेटास नेपालका कार्यक्रम व्यवस्थापक बद्री मानन्धर,परियोजना संयोजक आज्ञा पोखरेल, स्पट लाइटका केशव प्रसाद पोखरेल, सहयोगी समाज नेपालका सदस्य भिव बहादुर श्रेष्ठ, युथ प्यानल क्षीरेश्वरनाथ नगरपालिका धनुषाका रीचा कुमारी सिंह, युथ प्यानल हरिवन सर्लाहीका दिपेन्द्र महतो कोइरीको उपस्थिति रहेको थियो ।