स्वागतम खबर
ढल्केवर, असोज ९ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका नयाँ बजारस्थित श्री दुर्गा पूजा मन्दिर मूल समितिले आज बडा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सोमबारदेखि शुरु हुन लागेको बडा दशैंको अवसर पारेर समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको जनाएको छ । सो कार्यक्रममा श्री दुर्गा पूजा मन्दिर मूल समितिले क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख, उपप्रमुख, सम्पूर्ण वडाअध्यक्ष लगायत व्यापारी, बुद्धिजीविहरुलाई गम्छा ओढाएर सम्मान समेत गरेको छ ।
दुर्गा पूजा मन्दिर मूल समितिका अध्यक्ष सखिचन यादवको अध्यक्षता तथा नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा रामदेव बनरैत यादव, उपमेयर रचना माथेमा, राजनीतिकर्मी श्याम यादव, वडा नं. ७ का वडाअध्यक्ष मुवारक कवाडी, ८ का मोदकुमार महतो, दुर्गा पुजा मन्दिर मूल समितिका सल्लाहकार रामनरेश महतो, रामकृष्ण यादव, क्षीरेश्वर धर्म संस्थाका अध्यक्ष ईश्वरी प्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
यता बडा दशंैको घटस्थापनाको दिन असोज १० गते सोमवार कलश यात्रा गर्ने दुर्गा पूजा मन्दिर मूल समितिका अध्यक्ष सखिचन यादवले जानकारी दिनुभयो ।