स्वागतम खबर
महेन्द्रनगर, असोज १० ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित सखुवा महेन्द्रनगरमा यस वर्ष पनि दशैं सस्ता बजार लागेको छ । नेपालीहरुको महान चाड बडादशैंको अवसरमा यस वर्ष तेस्रो पटक सस्ता बजार लागेको छ । सखुवा महेन्द्रनगरको सखुवा रोडमै रहेको जैसी बाबा धर्मशालामा दशैं सस्ता बजार लगाएको छ ।
सो दशंै सस्ता बजारलार्य घटनास्थापनाको दिन सोमबार एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ । क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षता तथा मधेश प्रदेश उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको प्रमुख आतिथ्यमा दशैं सस्ता बजारको उद्घाटन गर्दै शुभारम्भ गरिएको छ ।
सस्ता बजारमा लताकपडा, जुताचप्पल, साबुन सरफ, विद्युतीय, खाद्यान्न, दैनिक उपभोग्य लगायत घरमा प्रयोग हुने विभिन्न समानहरुको स्टल राखिएको दशैं सस्ता बजारका संयोजक विनय कुमार साहले जानकारी दिनुभयो ।