दिवेश कुमार महतो
ढल्केवर, असोज २१ गते ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको लागि धनुषामा हक्की खेलको प्रदेशस्तरिय बन्द प्रशिक्षण सुरु भएको छ । धनुषाको मिथिला नगरपालिका नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा शुक्रवारदेखि हक्कीको बन्द प्रशिक्षण सुरु भएको छ । चारदिने बन्द प्रशिक्षणको अभ्यास सोमबारसम्म चल्ने बताइएको छ ।
मिथिला नगरपालिका वडा नं. २ को वडा अध्यक्ष बिहारी महतोको अध्यक्षता तथा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोको आतिथ्यमा बन्द प्रशिक्षणको अध्यास शुभारम्भ हिमालय युवा क्लवका संरक्षक अरुण कुमार महतोले जानकारी दिनुभयो ।
बन्द प्रशिक्षण अभ्यासको शुभारम्भ गर्दै मनत्री महतोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विजयी भएर आउन शुभकामना दिदैं खेलाडीहरुलाई खेल प्रति हौसला बढाउन खेल सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा आवश्यक पर्ने स्टीक र बलका लागि तत्कालै २७ हजार नगद सहयोग गर्नुभयो । मधेश प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्रालयले खेलकुदका लागि बजेट छुट्याए पनि कार्यान्वयन पक्ष फितलो खुलाडीहरको मनावल खस्किदैँ गएकोले सम्बन्धित मन्त्रालयलाई खेल र खेलाडीको समस्याप्रति गम्भीर बन्न मन्त्री महताले आग्रह गर्नुभयो ।
हक्कीको बन्द प्रशिक्षणमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुबाट पुरुष र महिला हक्की खेलाडीहरुको सहभागिता रहेको छ । चार दिवसीय बन्द प्रशिक्षणमा पुरुष टिमको हक्की प्रशिक्षक रविन्द्र सिंह र महिला हक्की टिमको प्रशिक्षक दिनेश सिंह तथा श्यामबाबु नायकले खेलाडीलाई अभ्याससँगै प्रशिक्षण दिई रहनुभएको छ ।
यसैबीच बन्द प्रशिक्षणको शुभारम्भको अवसरमा मिथिला नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामचन्द्र महतो, जनता माध्यमिक विद्यालय नक्टाझिजका प्रअ महेन्द्र महतो, मिथिला युवा संजाल ढल्कवेरका अध्यक्ष ई.मनिष कुमार महतो, उपाध्यक्ष विवेक ठाकुर, हिमाल युवा क्लव नक्टाझिजका उपाध्यक्ष एंव पत्रकार विनोद महतो, सचिव शिव कुमार सिंह, मिथिला नगर युवा संजालका अध्यक्ष राजु कुमार सिंह, भुपु ईलाका सदस्य जीवछ महतो, हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष धनीकलाल महतो, मिथिला नगरपालिका वडा नंं.२ का वडा अध्यक्ष प्रत्यासी जसपा नेता रामनाथ महतो लगायत अभिभावक, क्लब तथा सञ्जालका प्रतिनिधिहरु लगायत खेलप्रेमी युवाहरुको उपस्थिति रहेको थियो ।