Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि.जनकपुरको २१ औं साधारणसभा सम्पन्न

नयाँ समिति चयन

स्वागतम् खबर स्वागतम् खबर
३ वर्ष अगाडि
राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि.जनकपुरको २१ औं साधारणसभा सम्पन्न

स्वागतम खबर
महेन्द्रनगर, असोज २८ ।

धनुषाको जनकपुरधाम पिडारीचौकस्थित राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभा शुक्रवार भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विद्याकर प्रसाद साहको अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका उप–प्रमुख किशोरी साहको प्रमुख आतिथ्यमा साधारणसभा मनाइएको हो ।

संस्थाको २१औं साधारणसभाको अवसरमा अध्यक्ष साहले संस्थाको चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्ययोजना तथा अनुमानित आयव्यय र प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । संस्थाले यस चालु आर्थिक वर्ष २०७९/०८० मा १ करोड ७१ लाख ३० रुपैयाँ जम्मा आम्दानी गर्ने अनुमान गरेको छ भने गत आर्थिक २०८९/०७९ को असार मसान्तसम्ममा १ करोड १२ लाख ७३ हजार ५ सय ९१ रुपैयाँ आम्दानी गरेको छ । जसमा संस्थाले १० लाख ३८ हजार ४ सय ९९ रुपैयाँ बचत गरेको संस्थाका प्रतिवेदनमा उल्लेख छ । यस्तै संस्थाले २०७९ भदौ मसान्तसम्ममा ६ करोड ५० लाख २० हजार १ सय ८७ रुपैयाँ ऋण लगानी गरेको छ । जम्मा १३ सय ३८ शेयर सदस्य रहेको राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी ६९ लाख ८२ हजार ५ सय रहेको छ । संस्थामा १ सय ९३ जना ऋणी रहेको प्रतिवेदनमा उल्लेख छ । 
साधारणसभाको अवसरमा राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको जनकपुरधाम पिडारी चौकस्थित कार्यालयमा ए टि एम (ATM) सेवाको समेत शुभारम्भ गरिएको छ । समाधारणसभाका प्रमुख अतिथि उपमहानगरपालिकाका उप प्रमुख साह र संस्थाका अध्यक्ष साहले ए टि एम सेवाको शुभारम्भ गर्नुभयो ।
२०७५ सालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) को सदस्यता प्राप्त गरेको सो संस्थाले गत ४ वर्षदेखि मोबाइल ब्यांकिङ्ग सेवा समेत संचालन गर्दै आएको अध्यक्ष साहले जानकारी दिनुभयो । संस्थाले टेलिफोन, विजुली, टि.भी. नेटवर्कको विल भुक्तानी समेत गर्ने आएको भन्ने रेमिटान्सको कारोबार समेत गर्दै आएकाले सदस्यहरु लाभान्वित भईरहेको संस्थाका संचालक समितिका राम नगिना राउतले बताउनुभयो ।
यता २१औं वार्षिक साधारणसभाको अवसरमा संस्थामा आबद्ध शेयर सदस्य, ज्येष्ठ नागरिक, असल बचतकर्ता, असल ऋणीलाई सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको छ । संस्थाले ज्येष्ठ नागरिक महिन्द्र राउत, देवलाल ठाकुर र रामतोला देवीलाई सम्मान गरेको छ । यस्तै असल बचतकर्ताहरुमा माल्ती देवी, राजु साह, बेचन शर्मा र राघवेन्द्र मिश्रलाई सम्मान गरेको छ भने असल ऋणी तर्फ मालो देवी र उपिन्द्र मण्डललाई सम्मान गरेको जनाएको छ । यस्तै संस्थाको कर्मचारीमा वरिष्ठ सहायक रामरतन रायलाई सम्मान गरिएको छ । साधारणसभाको अवसरमा संस्थाको संचालक समितिका पदाधिकारी, शेयरधनी, बचतकर्ता लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा जनकपुरधाम १० का वडाअध्यक्ष मिथिलेश लाल कर्ण, १३ का वाअध्यक्ष जीतबहादुर राउत, राष्ट्रिय सहकारी बैंक जनकपुरका प्रमुख विष्णु पराजुली, नेफ्स्कुन जनकपुरका कार्यालय प्रमुख राजेन्द्र ढकाल, ज्याति विकास बैंकका देवी चौलागाई, शुभारम्भ साकोसका सुधिर पाण्डे, बडहरी साकोसका गंगा बलम्पाकीले शुभकामना मन्तव्य सहित आ– आफ्नो धारणा राख्नुभयो ।

राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लि. जनकपुरको नयाँ संचालक समिति चयन

राष्ट्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभाको अवसरमा निर्वाचन उप समितिले ७ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । निर्वाचन उप समितिका संयोजक अधिवक्ता कालेश्वर महतोले ७ सदस्यीय संचालक समिति चयन गरिएको र सो समितिको पहिलो बैठकबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य लगायतको पदाधिकारी तोकिने बताउनुभयो । संस्थाको संचालक समितिमा विद्याकर प्रसाद साह, रामनगिना राउत, मिथिला लाल कर्ण, मधुकर कुमार उपाध्याय, महादेव साह, श्यामिका महतो र पुजा कुमारीलाई चयन गरिएको छ । यस्तै संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजकमा अरुण कुमार मल्लिक तथा सदस्यमा राम नारायण मण्डल र पंकज मिश्रलाई चयन गरिएको निर्वाचन उप समितिका संयोजक महतोले जानकारी दिनुभयो । नयाँ संचालक समितिका पदाधिकारहिरुलाई सपथ ग्रहण समेत गराइएको छ ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य