स्वागतम खबर
जनकपुरधाम, असोज २८ ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई इमान्दारिता पूर्व काम गर्न आग्रह गर्नुभएको छ । उहाँले सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु ईमान्दारी पूर्वक काम नगरेकै कारण मध्यम, विपन्न तथा गरिव परिवारलाई उपचारमा समस्या खेप्नु परेको बताउनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले जनकपुरधामले बिहिबार मधेश प्रदेशको समग्र स्वास्थ्यको अवस्थाको बारेमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन प्रदेश प्रमुख मिश्रले स्वास्थ्य सेवा आम जनताको मौलिक अधिकार भएकाले गुणस्तरीय सेवा प्रदान गर्नका लागि सरकारी चिकित्सकहरूलाई पेशा प्रति ईमान्दार बनेर लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मधेशका सरकारी अस्पतालहरुको अवस्था अहाल छ, चरम बेतिथि देखिन्छ, उपचारमा लापरवाही हुन्छ, गरिव, विपन्न परिवारले सेवा नपाएर निजीमा जान बाध्य छन्, अब त सुर्धानुस्, कम्तिममा पेशाप्रति त ईमान्दार बनिदिनुस् ।’
उहाँले सरकारी अस्पतालमा काम नगर्ने तर निजीमा ईमान्दारीपूर्वक काम गर्ने गरेका कारणले आम जनता गुणस्तरीय स्वास्थ्य सेवा सरकारीमा नपाउँदा नीजि स्वास्थ्य संस्थामा जान बाध्य भएको तर्क गर्नुभयो ।
कार्यक्रममा महोत्तरीका एकडारा गाउँपालिकाका अध्यक्ष दीप नारायण मण्डल, धनुषाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, मधेश प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, यूएनएफपिएका प्रदेश प्रमुख डा. नरेन्द्र मिश्र, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साह, प्रादेशिक प्रयोगशाला जनकपुरधामका निर्देशक डा.श्रवण कुमार मिश्र, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.प्रमोद कुमार यादव सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
तीन दिनसम्म चल्ने वार्षिक समीक्षा गोष्ठीमा प्रदेशभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूको अवस्था, यसले प्रदान गरेको स्वास्थ्य सेवा, भविष्यमा गर्नुपर्ने सुधारका पक्षहरूका विषयमा गहन छलफल तथा समीक्षा हुने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो ।