स्वागतम खबर
जनकपुरधाम, असोज २८ ।
धनुषाका कांग्रेस नेता हरिशंकर साहले पार्टी परित्याग गरेका छन् । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषा क्षेत्र नं. ३ को (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका हरिशंकर साहले आफुले कांग्रेस परित्याग गरेको घोषणा गर्नुभयो । कांग्रेसबाट टिकटको लागि आफ्नो नाम अन्तिमसम्म रहेको पार्टी अध्यक्ष शेरबहादुर देउवाले टिकट नदिँदा आफुले प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भयो ।
पार्टी र अध्यक्षको क्रियाकलापबाट रुष्ट भएका नेता साह जनकपुरका शुक्रवार पत्रकार सम्मेलन गर्दै आफु कांग्रेस परित्याग गरेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएको बताउनुभयो । जितेपछि पार्टीमै फेरी फर्किनुहुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा जवाव दिँदै उम्मेदवार साहले आफुले अब जिते पनि हारेपनि कांग्रेसमा नर्फिने दावी समेत गर्नुभयो ।
नेता कार्यकर्ताले आफुलाई विश्वास गरेकाले आफु जित्नेमा पूर्ण विश्वस्त रहेको उम्मेदवार साहका दावी छ । आफुसँग पार्टीले महाधोखा गरेकाले पार्टीपंक्तिका सम्पूर्ण नेता कार्यकर्ताहरुले बुझिसकेको हुँदा जनता आफ्नो साथमा रहेकाले नै स्वतन्त्रमा उम्मेदवारी दिएर पंखा छाप लिएर मैदानमा ओर्लेका बताउनुभयो ।
लामो समयदेखि कांगे्रस पार्टीमा लागेको र आफ्नो स्कुलिङ्ग समेत कांग्रेसमै भएपनि चुनावको समयमा पार्टी अध्यक्षले आफुसँग विभेद र अन्याय गरेपछि जनताको भावना अनुसार नै पार्टी परित्याग गरेको उहाँले भन्नुभयो । उहाँले स्वतन्त्रमा उम्मेदवारी दिएको र जिते पनि हारे पनि अब जनतासँग अन्य नेताजस्तो कुनै विश्वासघात नगर्ने उल्लेख गर्दै जनताको म्याडेडले मात्र अगाडी बढ्ने घोषणा गर्नुभयो । उहाँले आफ्नो उम्मेदवारी कायमै रहने भन्नुभयो ।