स्वागतम खबर
ढल्केवर, असोज ३० ।
धनुषाको ढल्केवरस्थित ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजलाल महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यमा साधारणसभा मनाइएको हो ।
साधारसभमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि नगर प्रमुख महतोले नगरभित्र रहेका सहकारीलाई मर्जको प्रक्रियामा लगिने घोषणा गर्नुभयो । सहकारीकै अभावमे मिटर व्याजीहरुले जनतालाई ठग्ने र शोषण गर्ने काम गरेको भन्दै नगर प्रमुख महतोले सहकारीको विकास गाउँ गाउँमा गरेर सहकारीबाटै जनतालाई ऋणको कारोबार गर्न आग्रह गनुृभयो ।
संस्थाको १५औं साधारणसभाको अवसरमा अध्यक्ष महतोले संस्थाको चालु आर्थिक वर्ष २०७८/०७९ को प्रगति तथा लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । संस्थाले आर्थिक वर्ष २०७८/ ०७९ मा व्याजबाट १ करोड ७३ लाख ६ हजार ३ सय ७७ रुपैयाँ जम्मा आम्दानी गरेको छ भने ३ करोड १४ लाख ३७ हजार ८ सय ४ रुपैयाँ ऋण असुली गरेको छ । संस्थाले आर्थिक २०७८/ ०७९ मा ११ करोड ८८ लाख ६५ हजार २ सय २५ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले ९० लाख ९२ हजार ५ सय ९४ रुपैयाँ नाफा गरेको प्रतिवेदनमा उल्लेख छ ।
जम्मा २३ सय ३४ शेयर सदस्य रहेको ऋद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लि.को कुल चुक्ता शेयर पुँजी २ करोड २४ लाख ९ हजार ७ सय रहेको छ ।
साधारणसभाको अवसरमा अद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्थामा आबद्ध दर्जनौं उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट मासिक बचतकर्तालाई सम्मान संस्थाले जनाएको छ । साधारणसभाको अवसरमा संस्थाको संचालक समितिका पदाधिकारी, शेयरधनी, बचतकर्ता लगायतको उपस्थिति रहेको थियो । साधारणसभामा श्याम प्रसाद साहले स्वागत मन्तव्य राख्नु भएको थियो ।