स्वागतम खबर
धनुषा, कार्तिक १७ ।
अख्तियारले धनुषामा एक वरिष्ठ प्रहरी नायव निरिक्षकलाई विहिवार घुस रकम सहित नियन्त्रणमा लिएको छ । धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक देवकीलाल चौधरीलाई चार हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट गोप्य सूचनाको आधारमा खटेको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
अख्तियारको टोलीले चौधरीलाई नगराईन नगरपालिका २ जटहीस्थित विनायक इन्टरप्राइजे मदिरा पसलबाट नियन्त्रणमा लिएको आयोगको बर्दिबास कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिनुभयो ।