स्वागतम खबर
ढल्केवर, कार्तिक १९ ।
धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लि. हरिहरपुरका अध्यक्ष रुमा कुमारी सिंहको अध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष राम सेबक महतोको प्रमुख आतिथ्यमा संस्थाको १५ औं साधारणसभा मनाइएको छ ।
साधारणसभामा संस्थाको आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । यता साधारणसभाबाटै संस्थाको कार्यवाहक अध्यक्ष रुमा कुमारी सिंहलाई बहुमतका साथ सेयर धनीहरुले सर्वसम्मत अध्यक्ष पदमा अनुमोदन गरेको छ । यस्तै संस्थाको पूर्व अध्यक्ष राम कुमार महतोमाथि लगाईएको अविश्वासको प्रस्ताव १५ं औ साधारणसभाले पारित गरेको जनाएको छ । संस्थामा हाल २७८ समूह संख्या रहेको छ भने महिला समूहको संख्या २१२ रहेको छ । हाल संस्थामा जम्मा १५ सय ६० जना सदस्य रहेको छ । संस्थाका शेयर रकम हाल ६५ लाख ४७ हजार रहेको छ ।
संस्थाले गत आर्थिक वर्षमा ५ करोड २ लाख ८२ हजार ऋण लगानी गरेको छ भने ४ करोड ७२ लाख ६७ हजार ऋण असुली गरेको छ । यस्तै गत आवमा वर्षमा १ करोड ४८ लाख ७१ हजार खर्च गरेको छ भने ३ लाख ४३ हजार नाफा गरेको विवरणमा उल्लेख छ । संस्थाले गत आवमा जम्मा १ करोड ५२ लाख १३ हजार आम्दानी गरेको जनाएको छ ।
मिथिला नगरपालिका ६ ढल्केवर स्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको छ ।