स्वागतम खबर
धनुषा, मंसिर १ ।
नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । नेता निधीले ठेक्केदार र ठगबन्धनका उम्मेदवाहरुबाट सचेत रहन भन्दै मतदाताहरुलाई पाँच दलिय गठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतले जिताउन अपिल गर्नुभयो ।
विहिवार धनुषाको क्षेत्र नं.४ को (क) स्थित लक्ष्मीनियाँ बजारमा आयोजित पाँच दलिय गठबन्धनका चुनावीसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता निधीले पाँच दलिय गठबन्धनको जित निश्चित रहेकाले चुनावपछि बन्ने गठबन्धनकै सरकारले नागकरिता विहिनलाई नागरिकता दिने ठोकुवा समेत गर्नुभयो ।
यता चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नं. ४ का प्रतिनिधिसभाका उम्मेदवार तथा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सत्तारुढ पाँच दलिय गठबन्धनको जित सुनिश्चि रहेको दावी गर्नुभयो । उनले नागरिकता विरोधी पार्टीलाई मतदाताले चिनिसकेकाले पनि ठगबन्धनलाई कदापी भोट नदिने भन्दै विपक्षीहरु पराजित अवस्थामा पुगिसकेको बताउनुभयो ।
चुनावीसभालाई धनुषा क्षेत्र नं. ४ (क) का उम्मेदवार शेषनारायण यादव, (क) मा उम्मेदवार शत्रुधन महतोले समेत सम्बोधन गरेका छन् ।
सो चुनावीसभालाई पाँच दलिय गठबन्धनका क्षेत्र नं. १ का माओवादी केन्द्रका उम्मेदवार मातृका प्रसाद यादव, समानुपातिक उम्मेदवार आनन्द प्रसाद ढुंगाना, कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार लगायतका नेताहरुले सम्बोधन गरेका छन् ।