रेडियो स्वागतम
धनुषा, मंसिर १३ ।
धनुषा क्षेत्र नम्बर ४ को प्रतिनिधीसभामा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी हुनु भएको छ । महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतको अन्तरले पराजित गर्नुभएको छ ।
एमालेक रघुवीर महासेठले ३२ हजार २ सय ३६ मत ल्याएर विजय हुनु भएको छ भने उहाँका प्रतिद्धन्दी कांग्रेसका सहमहामन्त्री समेत रहेका सत्ता गठबन्धनका महेन्द्र यादवले ३२ हजार १ सय १२ मत ल्याउनु भएको छ । यसअघि २०७४ को चुनावमा यस क्षेत्रबाट रघुवीरले महेन्द्रलाई पराजित गर्नुभएको थियो । पुरा क्षेत्रमै उतार चढावसँगै लिड गर्नुभएका महेन्द्र अन्नतः मिथिला ११ मा गएर पछि पर्दै पराजित हुनु भएको छ
यता धनुषा ४ को प्रदेशसभा (क) मा गठबन्धनका शेषनारायण यादव विजय हुनु भएको छ । उहाँले एमालेक संतोष यादवलाई पराजित गर्नुभएको छ । यता धनुषा ४ (ख) मा एमालकै उम्मेदवार हरिनारायण महतो र्विाचित हुनु भएको छ । उहाँले गठबन्धन तथा एकिकृत समाजवादीका शत्रुधन महतोलाई पराजित गर्नुभएको छ ।