स्वागतम खबर
धनुषा, मंसिर १७ ।
धनुषामा आज विहान जन्ती बाेकेकाे विंगर दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।पुर्व पश्चिम लाेकमार्गमा पर्ने धनुषाकाे गणेशमानचारनाथ नगरपालिकाकाे विरेन्द्रबजारमा बा १ ज ८२९३ नम्बरको विंगर जिप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । मृत्यु हुनेहरूमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार,धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहकाे परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन् ।
धनुषाका एसपी बसन्त रजाैरेका अनुसार महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती बाेकेकाे विंगर इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे दुर्घटनामा परेको हाे । यता दुर्घटनामा भएकाहरुकाे उपचार जनकपुरमा भईरहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेकाे छ ।