स्वागतम खबर
महेन्द्रनगर, मंसिर २५ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ दिगम्बरपुरस्थित साना किसान कृषि सहकारी संस्था लि.कोे २०औं वार्षिक साधारणसभा आइतवार भव्यताका साथ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लि.दिगम्वरपुरका अध्यक्ष ईन्द्र कुमार महतोको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा साधारणसभा मनाइएको हो ।
सो अवसरमा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, उपमेयर विद्यादेवी भुजेल, क्षीरेश्वरनाथ नगरपालिकाका उपमेयर रचना माथेमाको विशेष उपस्थिति रहेको थियो ।
संस्थाको नजिकै रहेको स्कुलका प्राङ्गणमा भएको साधारणसभाको अवसरमा संस्थाको वार्षिक आयव्यय र प्रगति विवरण प्रस्तुत गरिएको संस्थाका प्रबन्धक चन्द्र किशोर सिंहले जानकारी दिएका छन् ।
संस्थाले यस चालु आर्थिक वर्ष २०७९र ०८० को मंसिर मसान्तसम्ममा १ करोड २३ लाख ६२ हजार ६ सय ५१ रुपैयाँ जम्मा आम्दानी गरेको छ भने ५३ लाख ३७ हजार ५५ रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै संस्थाको असुली दर ९२ प्रतिशत रहेको छ ।
संस्थाले गत आर्थिक वर्ष २०७८र ०७९ मा २२ करोड २१ लाख ७६ हजार लगानी गरेको थियो भने १९ करोड ८० लाख ६२ हजार रुपैयाँ असुली गरेको थियो । संस्थाले गत वर्ष २ करोड ६२ लाख ४१ हजार ७ सय ८६ जम्मा आम्दानी गरेको थियो भने २ करोड २ लाख ४० हजार ९ सय ३८ रुपैयाँ खर्च गरेको थियो ।
यता संस्थाले यस वषमा अहिलेसम्म ८ करोड ४६ लाख ३९ हजार ऋण लगानी गरेको छ भने ७ करोड ५१ लाख ६१ हजार ८ सय ८१ रुपैयाँ असुली गरेको संस्थाको आयव्यय विवरणमा उल्लेख छ । यस्तै संस्थाले संचालन गरेको एम्बुलेन्स सेवाबाट चालुक आर्थिक वर्षको मंसिरसम्म १ लाख ७१ हजार १ सय ५० रुपैयाँ आम्दानी गरेको छ ।
संस्थामा हाल ५ सय ३० वटा समूह रहेको छ भने २ हजार ३ सय ८४ जना सदस्य रहेको छ । संस्थामा महिला सदस्यको संख्या बढी रहेको छ । संस्थामा महिला सदस्यको संख्या १ हजार ५ सय ६० जना रहेको छ भने पुरुस सदस्यको संख्या ८ सय ४२ जना रहेको छ । हाल संस्थाको शेयर रकम २ करोड ३७ लाख १८ हजार ५ सय रुपैयाँ रहेको छ ।
साधारणसभामा संस्थाको संचालक समितिका पदाधिकारी, शेयरधनी, बचतकर्ता लगायत हजारौं स्थानीयहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला र मायाको चिनो सहित सम्मान समेत गरिएको थियो ।
यसैबीच साना किसान कृषि सहकारी संस्था लि. दिगम्वरपुरको २०औं वार्षिक साधारणसभाबाट नयाँ संचालक समिति चयन गरिएको छ । नयाँ संचालक समितिको अध्यक्षमा लक्ष्मी कुमार यादव र उपाध्यक्षमा राजिव यादवलाई चयन गरिएको छ ।
यस्तै संचालक समितिमा उर्मिला देवी, रामनन्दन राय, पोष्ट बहादुर गिरी, जोगी महतो, फुल कुमारी, चन्दर देवी, रामसियावर मण्डल, देवलाल महतो लगायतलाई चयन गरिएको छ । चयन गरिएको संचालक समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएको संस्थाका प्रबन्धक सिंहले जानकारी दिनुभयो ।
साधारणसभाका फोटोहरु