Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

नक्टाझिजमा सरसफाइ अभियान सुरु, पौष ५ गतेभित्र अतिक्रमित सडक खाली नगरे ११ सय जरिवाना हुने

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
नक्टाझिजमा सरसफाइ अभियान सुरु, पौष ५ गतेभित्र अतिक्रमित सडक खाली नगरे ११ सय जरिवाना हुने

स्वागतम खबर
ढल्केवर, पौष २ ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा शनिवारदेखि वडास्तरीय वृहत सरसफाइ अभियान संचालन गरिएको छ । नक्टाझिजमा रहेको गाउँको मूल सडक किनारको दायाँ र बाँया दुवै साइडको अतिक्रमित ४ फिट जग्गा खाली गर्न र सडक सफा राख्न सूचना सहित अभियान सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाका मूल सडकसँगै सबै शाखा सडकहरुमा पनि सडक सरसफाइ गर्न तथा सडकमा गोबर, गोरहा, उखुको सिठ्ठी, घरपालुवा जनावर, टायरगाडा, टयाक्टर, टेलर लगायतका सामग्री नराख्न भन्दै सुचना सहित रैली गरेको छ । सडकमा कुै प्रकारको वस्तु वा सरसमान राखेको भए पौष ५ गतेभित्र हटाएर खाली गर्न सूचनासहित रैली गरिएको वडाअध्यक्ष विहारी महतोले जानकारी दिनुभयो । सरसफाइ र सडक खालीका लागि पटक पटक सूचना जारी गर्दै आएको भएपनि अबको सूचनालाई अटेर गरेर सडक खाली नगरेमा वा सफा नगरेमा पौष ६ गतेदेखि फोहरमैला व्यवस्थापन ऐन तथा अपराध संहिता २०७४ तथा वडास्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिको निर्णयानुसार पौष ६ गतेदेखि कारवाही गरिने उहाँले बताउनुभयो । सूचनालाई अटेर गरेमा सडक खाली नगरेमा वा सडकमा कुनै मालसमान राखेको पाएमा पौष ६ गतेदेखि एक पटकको लागि रु. एक हजार एक सय रुपैयाँ जरिवाना गरिने समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष महतोले जानकारी दिनुभयो ।
अगामी दिनमा सडक सुधार तथा निर्माण, खानेपानीको पाइपलाई सुधार, ढल तथा नाला व्यवस्थापन लगायतको लागि समेत कार्यहरु गर्नुपर्ने भएकाले सरसफाइ महाअभियानमा सबै वडावासीलाई सहयोगका लागि समितिले आग्रह समेत गरेको छ ।


मिथिला नगरपालिका, वडा कार्यालय तथा वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजना तथा हिमालय युवा क्लवको समन्वयमा नक्टाझिजमा वृहत सरसफाइ अभियान संचालन गरिएको वडासचिव सुदिप दहालले जानकारी दिनुभयो । उहाँले सबै वडाबासीलाई स्वस्फुर्त रुपमा वडाको सरसफाइ अभियानमा सहयोग गर्न र आफ्नो घर अगाडीको फोहर सफा गरी सडक सफा र खाली गरिदिनका लागि अपिल गर्नुभएको छ ।
सरसफाइ अभियान रैलीको कोणसभामा बौल्दै हिमालय युवा क्लवका अध्यक्ष शिवराम महतोले सरसफाइ गर्दा धेरै रोगबाट बँच्न सकिने भएकाले सबैलाई आफ्नै काम र कर्तव्य सम्झेर वडाको सरसफाइ अभियानमा सहभागी भएर नमुना वडा बनाउने कार्यमा सहयोगका लागि आग्रह गर्नुभएको छ । कोणसभामा जसपाका वडा अध्यक्ष रामनाथ महतो, स्वास्थ्यचौकी नक्टाझिजमा प्रमुख रामचन्द्र साह लगायतका अभियानीहरुले आ आफ्नो धारण राख्नुभएको थियो । अभियानमा वडाका युवा क्लव, बाल क्लव, सबै राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
फोहरमैला व्यवस्थापन ऐन २०६८ का अनुसार सार्वजनिक स्थानमा फोहोर फाल्ने वा फोहोर व्यवस्थापनमा अवरोध गर्नेलाई १५ देखि ३ महिना कैद र पाँच सयदेखि एक लाखसम्म जरिवाना वा दुवै सजायँ हुन सक्ने व्यवस्था छ । नेपालको संविधान २०७२ मा समेत खानेपानी, सरसफाइ तथा स्वच्छताको विषयलाई माग ३ अन्तर्गत मौलिक हकको रुपमा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य