स्वागतम खबर
जनकपुरधाम, पौष १४ ।
मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवाहालाहरुको भूमिका विषयमा एक दिने छलफल कार्यक्रम विहिवार जनकपुरधाममा सम्पन्न भएको छ ।
मधेश प्रदेशको मानव अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुको प्रतिनिधीहरुको सहभागितामा भएको कार्यक्रममा मानव अधिकार रक्षकको अवस्था, सावल तथा सरोकारवालाहरुको भूमिका विषयमा सहभागीहरुमा छलफल भएको छ । सो अवसरमा इन्सेकका मधेश प्रदेश प्रमुख राजु पासवानले मानव अधिकार रक्षकहरुको सुरक्षा, अधिकार तथा पहिचानको अवस्था, समस्या, चुनौती र समाधानका उपायका सन्दर्भमा प्रस्तुतीकरण गर्नुभयो ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले मानव अधिकारको क्षेत्रमा फिल्डमा काम गर्नुपर्दा भोग्नु परेको समस्या, चुनौती, दवाव लगायतको विषयमा छलफल गरेका थिए ।
साथसाथ सिकाई संजालका मधेश प्रदेश अध्यक्ष रेणु कर्णको अध्यक्षतामा तथा प्रदेशसभा सदस्य जिवछी यादवको प्रमुख आतिथ्यमा सो छलफल कार्यक्रम भएको थियो । कार्यक्रममा मधेश प्रदेशका सामाजिक विकास मन्त्रालय, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, जनकपुरधाम उपमहानगरपालिका लगायत मानव अधिकार रक्षकको क्षेत्रमा क्रियाशील संघसंस्थाका पदाधिकारीहरु एवं प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोजक तथा सहयोगी संस्था कोक्यापका मधेश प्रदेश फोकल पर्सन शत्रुधन महतोको समेत उपस्थिति रहेको थियो ।