स्वागतम खबर
जनकपुरधाम, माघ ९ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा पहिलो चोटी स्थापना भएको लायन्स क्लव अफ जनकपुरधाम गार्गीको चार्टर प्रस्तुतिकरण तथा सपथ ग्रहण कार्यक्रम सोमबार सम्पन्न भएको छ । स्पोन्सर क्लव जनकपुरधाम लायन्स क्लवका अध्यक्ष लायन्स गोपाल प्रसाद साहको अध्यक्षता तथा डिष्ट्रिक्ट ३२५ एफ का डिष्ट्रिक्ट गर्वनर लायन्स डा. राजेन्द्र गिरीको प्रमुख आतिथ्यमा नवस्थापित लायन्स क्लव अफ जनकपुरधाम गार्गीका लायन्स पदाधिकारीहरुको सपथ ग्रहण गराइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ एफ का डिष्ट्रिक्ट गर्वनर लायन्स डा. राजेन्द्र गिरीले नवस्थापित लायन्स क्लव अफ जनकपुरधाम गार्गीका लायन्स पदाधिकारीहरुलाई आवश्यक क्लवको नीति नियमबारे जानकारी र निर्देशन दिँदै सपथ ग्रहण गराउनु भयो । सो अवसरमा प्रमुख अतिथि गिरीले लायन्सको वडापत्र समेत प्रस्तुत गर्नु भएको थियो । सो समारोहमा लायन्सको अधिकारको प्रतिक गेभल हस्तान्तरण समेत गरियो ।
लायन्स क्लव अफ जनकपुरधाम गार्गीको प्रसिडेन्टमा अन्जाना पण्डित, फस्ट भाइस प्रसिडेन्टमा सुश्मा राउत, सेकेण्ड प्रसिडेन्टमा आशा साह, सचिवमा सुदामा कुमारी साह, कोषाध्यक्षमा सुनिता मिश्रा लगायत २३ जना महिलालाई विभिन्न पद विभाजन सहित चयन गर्दै सदस्यता प्रदान गरेको थियो ।
नवस्थापित लायन्स क्लव अफ जनकपुरधाम गार्गीको क्लव नम्बर १५३०४० रहेको प्रसिडेन्टमा अन्जाना पण्डितले बताउनुभयो । सो अवसरमा जनकपुरधाम लायन्स क्लवका लायन्सहरुले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।