स्वागतम खबर
जनकपुरधाम, माघ १४ ।
धनुषाको महेन्द्रनगरमा अबदेखि चौविसौं घण्टा पेट्रोल पम्प संचालन भएको छ । जनकपुर ढल्केवर सडक खण्डसँगै जोडिएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर सखुवा चौक नजिकै सहकारी संस्था लि.द्धारा संचालित पेट्रोल पम्प शनिवारदेखि चौविसौं घण्टा सेवा संचालन गरिएको छ ।
सो सहकारी पेट्रोल पम्प चौविसौं घण्टा संचालनका लागि शनिवार एक समारोहकाबीच सेवा शुभारम्भ गरिएको छ । क्षीरेश्वरनाथ नगरपालिकाका एमाले नगर कमिटीका उपाध्यक्ष तथा व्यवसायी अनिल चौधरीले ठेक्कामा लिएर सो पेट्रोल पम्प २४ंऔ घण्टा संचालन गर्नु भएको छ । चौधरीले आफ्नै तीन वर्षीय छोरी ईसानी चौधरीद्धारा एक जिपमा तेल हालेर सेवा शुभारम्भ गरिएको जानकारी दिनुभयो ।
यसरी चौविसौ घण्टा पेट्रोल पम्प खुल्ला राखेर सेवा दिने महेन्द्रनगरको सहकारी पेट्रोल पम्प जिल्लाकै दोस्रो पेट्रोल पम्प बनेको छ । यस क्षेत्रमा २४औं घण्टा पेट्रोल पम्प संचालन भएपछि उपभोक्ता तथा ग्राहकवर्ग खुशी भएका छन् । पेट्रोल पम्प धेरै भएपनि चौविसौं घण्टा अर्थात रात्रिकालिन सेवा दिने पम्प न्यून रहेको छ ।