विनोद महतो
ढल्केवर, माघ २६ ।
धनुषाको मिथिला नगरपालिकामा विहिवार मौसम मापन गर्ने डिभाइस जडान गरिएको छ । नगरपालिका लगायत आसपासका क्षेत्रको मौसमबारे समग्र गतिविधी र उतार चढावको जानकारी दिने उद्देश्यले सो उपकरण जडान गरिएको छ । नगरपालिकाको कार्यालय परिसरमा जडान गरिएको उपकरणले मौसमको अवस्थाबोरे जानकारी दिने नगरपालिकाका सूचना अधिकारी दिपेश काफ्लेले बताउनुभयो । उहाँले जडान गरिएको मौसम उपकरणले सामान्यतः बाहिरी र भित्रिको तापक्रम, वायुको चाप र दिशा, प्रकाशको किरण र वर्षाको अवस्था तथा लगायत एक हप्ता पूर्वसम्मको मौसम बारे सूचना प्राप्त हुने भएकाले मौसमबारे जानकारी लिन सहज भएको जानकारी दिनुभयो ।
डिभाईस जडान भएपनि खुशी हुँदै मिथिला नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाअध्यक्ष रामबहादुर स्याङ्दनलले भन्नुभयो –‘डिभाईसले मौसम सम्बन्धी वर्तमान र पूर्व जानकारीले दिने भएकाले सोहि अनुसार सर्तकर्ता अपनाएर सम्भावित क्षति कम गर्नुका साथै यसले आम नागरिकलाई पनि मौसमको अवस्था बारेमा समयमै जानकारी पाउन अब सहज हुनेभयो ।’
नगरपालिकाको भित्रपट्टी रहेको दुई तल्ले स्टोर भवनको छतमा जडान गरिएको छ ।
सो उपकरणले मौसमको पूर्वानुमान तथा जलवायु परिवर्तनबारे समेत सूचना दिने जलवायु परिवर्तन तथा जीविकोपार्जन परियोजनाका विज्ञ विराट पन्थले जानकारी बताउनुभयो । मिथिला नगरपालिका र यस आसपासका क्षेत्रको मौसमको अवस्था बारेमो यो डिभाईसले जानकारी दिने भएकोले पूर्व सूचना पनि प्राप्त हुने मौसमजन्य तथा जलवायु परिवर्तनको जोखिमबाट बच्न पनि मद्दत पुग्ने उहाँको विश्वास छ ।सो मौसम डिभाईसले हरेक समय बायुमण्डलको आद्रता, हावाहुरीको अवस्था र गति, वर्षा, घामको अवस्था, तापक्रम लगायत ७ वटा सूचक मापन गरेर मोबाइल एपमार्फत जानकारी उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । यो उपकरणले मिथिला नगरपालिका क्षेत्रको करिव चार किलोमिटर एरियालाई कभर गर्ने र मौसमको अवस्था बारेमा सूचना दिने बताइएको छ ।
परियोजनाले धनुषाको दुई मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका तथा महोत्तरी जिल्लाको ४ पालिकामा परियोजना अन्तर्गत मौसम मापन डिभाइस जडान गरेको जनाएको छ ।
मौसम मापन डिभाईसबारे प्राविधिक जानकारी गराउँदै परियोजनाका विज्ञ विराट पन्थ : भिडियो /विनोद