स्वागतम खबर
ढल्केवर, माघ २८ ।

धनुषामा भएको पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधी नेपाल आर्मीको महिला हक्की टिमले जितेको छ । प्रतियोगिताको उपाधीका लागि शनिवार भएको फाइनल खेलमा नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच पतिस्पर्धा भएको छ । सो खेलमे नेपाल आर्मीले लुम्बिनी प्रदेशलाई एक गोलका विरुद्ध दुई गोलले पराजित गर्दै प्रथम स्थान ल्याएको छ ।
प्रथम स्थान ल्याएको नेपाल आर्मी टिमलाई ट्रफी सहित नगद ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ भने दोस्रो स्थान ल्याएका लुम्बिनी प्रदेशलाई नगद ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक नेपाल हक्की संघले जनाएको छ ।
यस्तै पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको बेस्ट खेलाडीका उपाधी उदियमान खेलाडी मधेश प्रदेशका जर्सी नं. १७ का अञ्जली कुमार महतोलाई प्रदान गरिएको छ । यस्तै टप स्कोरर नेपाली सेनाको जर्सी नं. ३ का खेलाडी कमला चन्द, उत्कृष्ट रक्षक नेपाली सेनाका जर्सी नं. ६ का हिमाली थापा, उत्कृष्ट गोल रक्षक लुम्बिनी प्रदेशका जर्सी नं. १ का प्रतिमा सरोज र प्लेयर अफ द टुर्नामेन्टको उपाधी लुम्बिनी प्रदेशका जर्सी नं. १५ का खेलाडी पूजा कुमारीलाई प्रदान गरिएको प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिनुभयो ।
प्रतियोगितामा मधेश प्रदेश तेस्रो स्थान ल्याएको छ । प्रतियोगिताका विजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले पुरस्कार तथा ट्रफी सहित प्रमाण पत्र वितरण गर्नुभएको छ ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा माघ २३ गते सोमबारदेखि सो प्रतियोगिता भएको प्रतियोगिता माघ २८ गते समापन भएको छ । प्रतियोगितामा जम्मा १३ वटा खेल भएको छ । नेपाल हक्की संघ र मिथिला नगरपालिकाले संयुक्त रुपमा राष्ट्रिय महिला हक्की प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगिताको फाइनल खेलका केही झलकहरु : फोटो /विनोद महतो