स्वागतम खबर
जनकपुरधाम, फागुन ३ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा यातायात व्यवस्था कार्यालयबाट दलाली गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरु महोत्तरीको लोहरपट्टी नगरपालिका ३ बस्ने ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउँपालिका –३ का ३५ वर्षीय विरेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बुधबार सवा ३ बजेको समयमा जनकपुरधामको मुजेलिया स्थित रहेको यातायात कार्यालयबाट नियन्त्रणमा लिएको छ । कार्यालयमा आउने सेवाग्राहीहरुलाई छिटो छरिटो काम गराई दिने भन्दै आर्थिक लाभ लिइ दलालीको काम गरिरहेको गोप्य सूचनाको अधारमा नियन्त्रणमा एिको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दुवै जनालाई नियन्त्रण राखेर लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।