राजेश महतो
महेन्द्रनगर, फाल्गुन ४ ।
यस वर्ष यहि फागुन ६ गते शनिवार महाशिवरात्री पर्व मनाईदैछ । महाशिवरात्रीको तयारी शिवालयहरुमा जोडतोडका साथ भईरहेको छ । यता महाशिवरात्रीकै अवसरमा धनुषाका क्षीरेश्वरनाथ नगरपालिका ७ हरिहरपुर महादेव मठस्थित प्राचीन क्षीरेश्वरनाथ महादेव मन्दिर परिसरमा बृहत्त सरसफाइ गरिएको छ ।
श्री क्षीरेश्वरनाथ धर्म संस्थाको आयोजनामा गरिएको सरसफाइ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, स्थानियबासी, मन्दिर ब्यवस्थापन समितिका सदस्य लगायत सयौं भन्दा बढिको सहभागीता रहेको थियो । सरसफाइ कार्यक्रम अन्तर्गत मन्दिर परिसर र मन्दिर बाहिरको बाटोघाटो सरसफाइ गरिएको छ ।
सो अवसरमा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ईश्वरी अधिकारीले महाशिवरात्री पर्वमा मन्दिर परिसरमा सरसफाइ अभियान चलाएर सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
सरसफाइ कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, उपमेयर रचना माथेमा, वडा नं. ७ का वडाअध्यक्ष मुबारक कवाडी ,क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश प्रसाद यादव, उपाध्यक्ष विनय साह, महासचिव दिपक साह, ईलाका प्रहरी कार्यलय महेन्द्रनगरका टिम, नेपाली सेना लगायतको सहभागिता रहेको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।
यता महाशिवरात्रीको दिन फागुन ६ गते शनिवार मन्दिरमा विहान ७ बजे देखि अष्ठजाम, ८ बजेदेखि रुद्धी पाठ र फाल्गुन ५ गते देखि फाल्गुन ७ गते १२ बजे सम्म साधु भोजनको व्यवस्था गरिएको छ । त्यस्तै ७ गतेको दिन १ बजेदेखि साधुसन्तको विदाईको कार्यक्रम राखिएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।