स्वागतम खबर
जनकपुरधाम, फाल्गुन ४ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीको सचिवालय बैठक विहिवार जनकपुरधाममा सम्पन्न भएको छ । बैठकले पार्टी केन्द्रीय कमिटीले तय गरेको अभियान, मिसन ग्रास रुटलाई फाल्गुन ५ गते बिहान ११ बजेदेखि शुभारम्भ गर्ने निर्णय गरेको छ ।
बैठकले मिसन ग्रास रुटलाई जनकपुरको भान्सा घरबाट शुभारम्भ गर्ने तय गरेको छ । मिसन ग्रास रुटलाई आउने बैशाख ९ गतेसम्म भब्य रुपमा संचालन गर्ने जनाएको छ ।
बैठकले महोतरी, रौतहट र पर्सा जिल्लाको अधिवेशन क्रमशः २०८० बैसाख १४–१५ गते, महोतरी÷पर्साको बैशाख १७–१८ गते र रौतहटको २०–२१ गते सम्पन्न गर्ने गरी निर्देशन दिएको छ ।
अबतार यादवको अध्यक्षता तथा केन्द्रीय सचिव एवम् मधेश प्रदेश इन्चार्ज रघुविर महासेठको प्रमुख आथ्यिमा बैठक भएको थियो । बैठकमा सह इन्चार्जहरु पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, ज्वाला साह, अच्युत मैनाली, रामदयाल मण्डल लगायतको उपस्थिति रहेको एमालेका युवा नेता सोमप्रसाद शर्माले जानकारी दिनुभयो ।