Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

हात्तीपाईले रोग विरुद्धको आमऔषधी खुवाउने अभियान प्रभावकारी बनाउन समुदायस्तरीय गोष्ठी हुँदै

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
हात्तीपाईले रोग विरुद्धको आमऔषधी खुवाउने अभियान प्रभावकारी बनाउन समुदायस्तरीय गोष्ठी हुँदै

स्वागतम खबर
ढल्केवर, फाल्गुन ८ ।

राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम २०७९ यहि फाल्गुन ११ गतेदेखि देशको १७ वटा जिल्लामा शुरु हुने भएको छ । सो अभियान धनुषाको मिथिला नगरपालिकामा समेत ११ वटै वडामा फाल्गनु ११ गतेदेखि सुरु गर्ने तयारी गरिएको छ । कुनै लक्षण नदेखिएपनि शरीरमा हात्तीपाईल रोगको परजीवि हुन सक्ने भन्दै आम नागरिकलाई औषधी सेवन गर्न गराउन मिथिला नगरपालिकाले फाल्गुन ११ गतेदेखि अभियान संचालन गर्न लागेको हो ।
अभियानको क्रममा मिथिला नगरपालिका वडा नं. २ को साविक वडाहरुमा समुदायस्तरीय गोष्ठी संचालन गरी हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने विषयमा जागरुक बनाउने कार्य गरिरहेको नक्टाझिज हेल्थ पोष्टका प्रमुख रामचन्द्र साहले जानकारी दिनुभयो । मिथिला नगरपालिका २ नक्टाझिजको साविकका ६ वटै वडामा तालिका बनाएर हात्तीपाईले रोग विरुद्ध आमऔषधी सेवन अभियान कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।
तालिका अनुसार फागुन ११, १२ र १३ गते साविकको वडा नं. १, १४ गते वडा नं. २, १५ र १६ गते वडा नं. ३, १७ र १८ गते वडा नं. ४, १९ र २० गते वडा नं. ५ र २१ र २२ गते वडा नं. ६ मा हात्तीपाईले रोग विरुद्ध आमऔषधी सेवन गराउने कार्यक्रम रहेको जनाएको छ । साहका अनुसार हात्तीपाईले रोग विरुद्ध चलाउने औषधीहरु अत्यन्त प्रभावकारी र सुरक्षित रहेको बताउनुभयो । २ वर्ष भन्दामुनिका बच्चा, गर्भवती महिला, सुत्केरी भएको एक हप्ताभित्र र अशक्त भई बेडमा रहेका बाहेक सबै आम नागरिकलाई हात्तीपाईले रोग विरुद्धका औषधी खानैपर्ने उहाँको भनाई थियो ।
यस पटक हात्तीपाईले रोग निवारणका लागि अल्वेण्डाजोल, आइभरमेक्टिन र डाईथालकार्वामाइजिन गरी ३ प्रकारको औषधी खुवाउने कार्यक्रम रहेको छ । यसअघि दुई थरिका औषधी खुवाउँदै आएकोमा यसपालीदेखि आइभरमेक्टिन भन्ने औषधी थपेर खुवाउन लागिएको हो । यी तीन थरिका औषधीले हात्तीपाईले रोग लागिसकेकाहरुको अझ धेरै प्रभावकारी रुपमा उपचार हुनुका साथै रोग लाग्नबाट पनि बचाउने चिकित्सकहरुको भनाई छ ।
आम औषधी सेवन अभियान सम्बन्धी सोमवार साविकको वडा नं. १ स्थित पर्तीटोलको राष्ट्रिय आधारभूत विद्यालयमा आयोजित समुदायस्तरीय गोष्ठीमा औषधी सेवन गरी हात्तीपाईले रोग निवारण अभियानमा सहयोग गर्न उहाँले वडासदस्य जोगी महतोले टोलवासीलाई आग्रह गर्नुभयो ।


रोग लागि सकेपछि पूर्ण रुपमा निको हुन नसक्ने भएकाले समयमै औषधी खाएमा शरीरमा हात्तीपाईलेको परजीवि नष्ट हुने र रोग नलाग्ने भएकाले आम रुपमा औषधी सेवन गरी हात्तीपाईले रोग निवारण अभियानमा सहयोग सहभागीहरुले प्रतिबद्धता जनाएका छन् ।
विगतका अभियानहरुमा औषधी लिने र पछि खान्छु भन्दै नखाने तथा फालिदिने भएपछि यस पटक स्वास्थ्यकर्मीका टोली आफ्नै अगाडी औषधी खुवाउने भएको तयारी गरिएको छ ।
सन २०३० सम्ममा नेपालबाट हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य सहित सरकारले हात्तीपाईले रोग विरुद्ध औषधी सेवन अभियान चलाउँदै आएको छ । हात्तीपाईले रोग Wuchereria ba ncrofti(९०%), Brugia malayi and B.timori नामको परजीविहरुको कारणले हुने शरीरको संक्रमण हो । नेपालमा एनोफेल्स मान्सोनल्स र एडेस नामको लामखुट्टेबाट यो रोगको परजीवि सर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

भर्खरै

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य