स्वागतम खबर
ढल्केवर, फागुन २३ ।
मोटरसाइकल दुर्घटनामा परेर धनुषामा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुर बस्ने ४० वर्षीय विनोद महतो र एक जना मागिखाने हिंड्ने ५५ वर्षीय पुरुष रहेको प्रहरी जनाएको छ ।
सोमबार राति करिब १० बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका १० लालगढमा महतो चलाएर आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको थियो । बर्दिबास तर्फबाट महतो चलाएर आउँदै गरेको प्रदेश २–००२–०३ प ७७४३ नम्बरको मोटरसाइकल अगाडी अक्समात मागिखाने हिंड्ने व्यक्ति आइपुगेपछि दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका अपरिचित मागिखाने व्यक्तिको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा राति १२ बजे मृत्यु भएको छ भन्ने गम्भीर घाइते मोटरसाइकल चालक महतोको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा मंगलबार विहान बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।