स्वागतम खबर
जनकपुरधाम, फागुन २३ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा मोटरसाइकलले ठक्कर दिँदा एक महिला परिक्रमा यात्री मृत्यु भएको छ । मृत्युु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका ७ प्रेमनगरका ६५ वर्षीया ईश्वर देवी राय रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान साढे ६ बजेको समयमा जनकपुर– ढल्केबर सडक खण्ड अन्तर्गत मुजेलियामा बाटो क्रस गर्ने क्रममा पैदल यात्री महिलालाई ज ६ प २२१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
ठक्करलागेर सख्त घाइते भएकी उनको उपचारको क्रममा प्रादेशिक अस्पतालमा साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।