स्वागतम खबर
महेन्द्रनगर, फागुन २५ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पुष्पवलपुरदेखि दिगम्वरपुर हुँदै तारापट्टी जोड्ने बाटो विस्तार हुने भएको छ । राजगमार्गको पुष्पवलपुरदेखि दिगम्वरपुर हुँदै तारापट्टीसम्म जोड्ने सडकको कालोपत्रे गर्नुका साथै चौडाई समेत विस्तार गरिने भएको हो ।
सडक विस्तारका लागि विहिवार क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष मोद कुमार महतो (मोदी)को अध्यक्षता तथा मिथिला नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष चन्द्रबहादुर बुलनको विषेश उपस्थितिमा भएको सर्वपक्षिय बैठकले सो सडकको चौडाई ४२ फिट गर्ने निर्णय गरेको छ ।
बैठकले मिथिला नगरपालिका ४ पुष्पवलपुरदेखि क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुरसम्म ४२ फिट चौडाई कायम गर्दै तीन किलोमिटरसम्म कालोपत्रे गर्ने वडाअध्यक्ष मोद कुमार महतोले बताउनुभयो । उक्त सडक खण्डको तीन किलोमिटर लम्माई कालोपत्रे गरिनुका साथै सडकको चौडाई ४२ फिट कायम गर्ने निर्णय गरेको छ ।