स्वागतम खबर
महेन्द्रनगर, फागुन २८ ।
धनुषाको मिथिला नगरपालिका ४ पुष्पवलपुरमा पितृ उद्वारका लागि आइतबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह सुरु भएको छ । स्थानिय समाजसेवी प्रेमा खातीले आफ्ना स्व.श्रीमान् बलबहादुर खाती लगायतको पितृ उद्वारको लागि आफ्नै घरमा सप्ताह लगाउनु भएको छ ।
सो श्रीमद्भागवत महापुराण सप्ताहमा वरिष्ठ कथावाचक ज्योतिष पंडित रामप्रसाद बरालले कथा वाचन गर्दै हुनुहुन्छ । सो सप्ताहमा कथा प्रारम्भ हुन अगाडी कलश यात्रा समेत गरिएको छ । सप्ताहमा कृष्ण जन्म उत्सव, कृष्ण रुक्मणि विवाह उत्सव, कृष्ण सुदामा चरित्र, तिल अर्चना, साँझ लाखवत्ती प्रज्वलन, भजन किर्तन, जाग्राम तथा अन्तिम दिन साङ्गता, पाती र प्रसाद ग्रहण गरिने छ ।
समाजसेवी खातीले आफ्ना स्वर्गीय श्रीमान् बल बहादुर खाती, दिदीहरु चित्र कुमारी खाती, टिका कुमारी खाती, मन्दिप बहादुर खाती लगायत दिवंगत समस्त आफन्तहरुको पितृ उद्धारका लागि श्रीमद्भागवत महापुराण सप्ताह लगाएको बताउनुभयो । हिन्दु धर्मको परम्परा अनुसार दिवंगतहरुको पितृ उद्धारका लागि सप्ताह लगाएको र सप्ताहमा सहभागी हुनका लागि सबैलाई उहाँले आग्रह समेत गर्नुभयो ।
फागुन २८ गते आइतबारदेखि सुरु भएको भागवत सप्ताह चैत्र ५ गते समापन हुने राष्ट्रिय शुटिंग संघका निमित महासचिव तथा अन्तर्राष्ट्रिय निर्णायक समेत रहनुभएका खातीका छोरा प्रदिप खातीले जानकारी दिनुभयो । सो अवसरमा मिथिला नगरपालिका ४ का वडाअध्यक्ष चन्द्रबहादुर बुलन सहित सयों स्थानीयहरुको सहभागिता रहेको थियो ।
श्रीमद्भागवत सप्ताह लगाइएको बारे जानकारी दिँदै खाती र उहाँको छोरा प्रदिप खातीर /भिडियो : स्वागतम खबर