स्वागतम खबर
ढल्केवर, चैत ५ ।
धनुषाको मिथिला नगरपालिका ४ पुष्पवलपुरमा पितृ उद्वारका लागि लगाएको श्रीमद्भागवत महापुराण सप्ताह सम्पन्न भएको छ । स्थानिय समाजसेवी प्रेमा खातीले आफ्ना स्व.श्रीमान् बलबहादुर खाती लगायतको पितृ उद्वारको लागि आफ्नै घरमा गत आइतवारदेखि सप्ताह लगाउनु भएको थियो । सो श्रीमद्भागवत महापुराण सप्ताहमा वरिष्ठ कथावाचक ज्योतिष पंडित रामप्रसाद बरालले कथा वाचन गर्नुभएको थियो ।
सप्ताहमा कृष्ण जन्म उत्सव, कृष्ण रुक्मणि विवाह उत्सव, कृष्ण सुदामा चरित्र, तिल अर्चना, साँझ लाखवत्ती प्रज्वलन, भजन किर्तन, जाग्राम गरिएको थियो भन्ने अन्तिम दिन आइतबार साङ्गता, पाती र प्रसाद ग्रहण कार्यक्रम गरिएको थियो ।
समाजसेवी खातीले आफ्ना स्वर्गीय श्रीमान् बल बहादुर खाती, दिदीहरु चित्र कुमारी खाती, टिका कुमारी खाती, मन्दिप बहादुर खाती लगायत दिवंगत समस्त आफन्तहरुको पितृ उद्धारका लागि श्रीमद्भागवत महापुराण सप्ताह लगाउनु भएको थियो ।