स्वागतम खबर
ढल्केवर, चैत ६ ।
धनुषा प्रहरीले भारी मात्रामा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार धनुषा जिल्लाको मिथिला नगरपालिका–८, जमुनिवास बस्ने ३५ वर्षीय मनोजकुमार महतो र सोही ठाउँका २२ वर्षीय सुजितकुमार महतोलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाउको छ । पक्राउ परेको महतोद्धयबाट एक्सीप्लोन ९८ बोलत र नाइट्रोजम्पा ७३ पत्ता प्रतिबन्धित लागूऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वेदप्रसाद गौतमले विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा धनुषा र ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको संयुक्त टोलीले लागूऔषधसहित दुवै जनालाई पक्राउ गरिएको बताउनुभयो । प्रदेश –२–०२–००३ प ७८७७ नम्बरको मोटरसाइकलमा ढल्केवरबाट महोत्तरीको बर्दिवास आगूऔषध लिएर गईरहेको बेला बीच बाटोमै उनीहरुलाई पक्राउ गरिएको हो । दुबै जनालाई जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिनुभयो ।