स्वागतम खबर
महेन्द्रनगर, चैत २० ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ९ दिगम्वरपुरस्थित साना किसान कृषि सहकारी संस्था लि. सोमवार ६६ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । संस्थाले कार्यालय परिसरमै ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।
रक्तदान कार्यक्रममा ३६ जनाले रगत दान गरेको संस्थाका प्रबन्धक चन्द्र किशोर सिंहले जानकारी दिनुभयो ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मी यादव लगायतका पदाधिकारी, कर्मचारी, सदस्यहरुले रगत दान गरेका छन् ।