स्वागतम खबर
महेन्द्रनगर, चैत ३० ।
विद्युत चुहावट गर्ने पाँच जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय यदुकोहा र विद्युत् वितरण शाखा कार्यालय यदुकुवाबाट खटेको संयुक्त टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विहिवार बिहान करिब ५ः४० बजेको समयमा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
धनुषाको हंसपुर नगरपालिका र जनकनन्दनी गाउँपालिका अन्तर्गतका मानिसहरूलाई विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएकाहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भईरहेको जनाएको छ ।