Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिलामा अभिभावक शिक्षा सम्बन्धी ७ दिने आधारभूत तालिम सुरु

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
मिथिलामा अभिभावक शिक्षा सम्बन्धी ७ दिने आधारभूत तालिम सुरु

स्वागतम खबर
ढल्केवर, बैशाख १४ ।
धनुषाको मिथिला नगरपालिकामा अभिभावक शिक्षा सम्बन्धी सात दिने आधारभूत तालिम विहिवारदेखि सुरु भएको छ । अभिभावक शिक्षा कार्यक्रमको उद्देश्य, महत्व र प्रारम्भिक बालकाविकाको अवधारणा तथा अभिभावक शिक्षा कक्षा संचालनका लागि सहजकर्ता तयार गर्ने उद्देश्यका साथ सो तालिम सुरु गरिएको छ ।
मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले सो तालिमको उद्घाटन गर्दै सहभागीहरुलाई अभिभावक शिक्षा र प्रारम्भिक बाल विकास सम्बन्धी तालिमबबाट सिकेको सीप र ज्ञानलाई सहि ढंगले सहि समयमा उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले बालबालिकाको शिक्षाको प्रारम्भ घरबाटै हुनेभएकाले दोस्रो पाठशालाको रुपमा रहेको विद्यालयलाई बालमैत्री र गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो । अभिभावकहरुले समेत बालबालिकाको पठन पाठनमा मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने र विद्यालयमा बाल शिक्षकको शिक्षण व्यवहार पनि मैत्रीपूर्ण हुनुपर्ने, उनीहरुको रुची अनुसार शिक्षण गर्नुपर्ने कार्यमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
यता तालिम उद्घाटनको सत्रमा मन्तव्य राख्दै मिथिला नगरपालिकाका वडा नं. ७ का वडाअध्यक्ष रामबहादुर स्यांगदनले तालिमबाट सिकेका बाल शिक्षण सीप, कला, तौरतरिकालाई मैत्रीपूर्ण रुपमा बालबालिकाको शिक्षण कार्यमा उपयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

तालिमको उद्घाटन सत्रमा मिथिला नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्ले, मिथिला नगर पत्रकार संजालका अध्यक्ष विनोद कुमार महतो लगायतले तालिमको सफलताका लागि मन्तव्य राख्नु भएको थियो ।
अभिभावक शिक्षा सम्बन्धी सात दिने आधारभूत तालिममा मिथिला नगरपालिकाको ११ वटै वडाबाट बाल शिक्षिका, स्वास्थ्य स्वयम सेविका र समाजिक परिचालिका गरी तीन/तीन जनालाई सहभागि गराइएको छ । तालिममा सेतो गुराँस बालविकास सेवा महोत्तरीका जिल्ला संयोजक एवं प्रशिक्षक नितु मिश्र र प्रशिक्षक रेजिना स्यांगदनले सहजिकरण गर्दै आउनु भएको छ ।
मिथिला नगरपालिका ढल्केवरको आयोजना तथा युनिसेफको सहयोग एवं सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा महोत्तरीको प्राविधिक सहयोगमा सो तालिम संचालन भएको छ ।
तालिममा अभिभावक शिक्षाको विभिन्न ११ वटा उद्देश्यहरुलाई लक्षित गर्दै सहभागीहरुलाई सात दिनसम्म अभ्यास सहित प्रशिक्षण दिने तालिका रहेको प्रशिक्षक मिश्रले बताउनुभयो । उहाँको अनुसार तालिममा उद्देश्य, प्रारम्भिक बाल्यावस्थाको महत्व, आवश्यकता, बालबालिकालाई आवश्यक पोषणयुक्त खाना बनाउने तथा खुवाउने ज्ञान, सीप अभिवृद्धि गर्ने, स्वास्थ्य, स्याहार र सरसफाइ सम्बन्धी सीप अभिवृद्धि गर्ने उनीहरुको उमेर अनुसार उत्प्रेरणा तथा अन्तरक्रिया गर्ने, बाल केन्द्रीत क्रियाकलाप, खेल र खेलौना सहितको वातावरण उपलब्ध गराउने, सिकाइमा सहयोग, प्रारम्भिक पढाइ लेखाइमा सहयोग गर्ने, विना भेदभाव, बाँच्न, सिक्न, सहभागी हुन र संरक्षण गर्ने, बालबालिकालाई विद्यालयमा ल्याउन तत्परताका लागि पूर्व तयारी गराउन सहयोग गर्ने, हेला, हिंसा, दुव्र्यवहार र सजायबाट संरक्षण गर्नका लागि सीपको विकास गराउन तालिम उपयोगी हुने अपेक्षा गरिएको छ ।
धनुषाको मिथिला नगरपालिकाले प्रारम्भिक बाल विकासको कार्यनीति लागु गरेको छ । जसमा गर्भाअवस्था देखि ८ वर्षसम्मको बालबालिकाको सर्वाङ्गीण विकास र क्षमता अभिवृद्धिका लागि नगरपालिकाको ११ वटै वडामा वडास्तरीय प्रारम्भिक बाल विकास समिति गठन गरिएको छ । यस्तै पालिकामा रहेको २८ वटा सामुदायिक विद्यालयमा जम्मा ४३ वटा बाल विकास शाखा मार्फत प्रारम्भिक बाल विकास र अभिभावक शिक्षा सम्बन्धी कार्यक्रम संचालन गर्दै पालिका बाल विकास संयोजक बविता खड्काले जानकारी दिनुभयो । अगामी आर्थिक वर्ष २०८०/०८१ मा ६६ वटा समुदायमा यो कार्यक्रम चलाउने मिथिला नगरपालिकाले जनाएको छ ।
‘‘प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी ’’ मूल नाराका साथ नेपालमा चलिरहेको प्रारम्भिक बालशिक्षा र विकासको सवलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वय परियोजना अन्तर्गत सो तालिम दिँदैछ ।
परियोजना अन्तर्गत धनुषाको मिथिला नगरपालिका र धनौजी गाउँपालिकामा प्रारम्भिक बाल विकासका लागि अभिभावक सचेतीकरणका लागि ५० जना बाल शिक्षक, महिला स्वास्थ्य स्वयम सेविका र समाजिक परिचालिकालाई ७ दिने आधारभूत तालिम दिएर सहजकर्ता तयार गर्न लागेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य