स्वागतम खबर
महेन्द्रनगर, बैशाख ३१ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको क्षिरेश्वरनाथ नगरपालिकास्तरीय भेला आइतवार सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला संयोजक डा. जयप्रकाश महतोको अध्यक्षतामा तथा प्रदेश सभापति ई.तपेश्वर यादवको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको छ । सो भेलाले राष्ट्रिय स्वतन्त्र पार्टीको सात सदस्यीय क्षिरेश्वरनाथ नगरपालिकास्तरीय नगर कमिटी गठन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको क्षिरेश्वरनाथ नगरपालिकाको नगर सभापतिमा सन्तोष प्रसाद काफ्लेलाई चयन गरिएको जनाएको छ । यस्तै अनिल कुमार यादवलाई उपसभापति, विजय कुमार रामलाई सचिव, सुधिर कुमार यादवलाई कोषाध्यक्षमा चयन गरिएको छ ।
यस्तै नगर कमिटीका सदस्यहरुमा ईन्दुदेवी साह र महादेव यादवलाई चयन गरेको छ । यता भेलाले पार्टीको तीनवटा विभाग पनि गठन गरेको छ । विष्णु कुमार श्रेष्ठलाई शिक्षा विभाग, संजय साहलाई श्रम विभाग र रामगोविन्द मण्डललाई कृषि विभागको संयोजक तोकेको पार्टीका नगर अध्यक्ष संतोष प्रसाद काफ्ले जानकारी दिनुभयो ।