स्वागतम खबर
महेन्द्रनगर, बैशाख ३१ ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ न.पा. वडा नं. ७ स्थित क्षिरेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आइतवार नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । शान्ति सुरक्षा, लागुऔषध, अपराध, प्रहरीको, प्रशासनको कामकारवाही लगायत विषयमा नागरिक सुनवाईमा बहस भएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय धनुषाको सहकार्यमा “नागरिक सुनवाई कार्यक्रम” भएको छ । सो कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादव, प्रमुख जिल्ला अधिकारी काशीराज दहाल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी विश्वराज खड्का लगायत विष्टि अतिथिहरुको सहभागिता रहेको थियो ।
नागरिक सुनवाई कार्यक्रममा स्थानिय राजनीति दलका प्रतिनिधी, नागरिक समाजकाका प्रतिनिधी, युवा, विद्यार्थी, व्यापारी, महिला, शिक्षक लगायत करिव पाँचसय जनाको उपस्थिति रहेको थियो । ओहि कार्यक्रममे उपस्थित स्थानीय विभिन्न व्यक्तिहरुबाट उठेका प्रश्न तथा जिज्ञासाहरूको सम्बन्धमा प्रमुख सरोकारबला निकायहरुले जवाव दिएका थिए ।