स्वागतम खबर
महेन्द्रनगर, जेठ २ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा मंगलबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहानको आयोजनामा भएको आखाँ शिविरमा ४० जनाको आँखा जााच गरिएको छ ।
महेन्द्रनगरस्थित आँखा तथा कान उपचार केन्द्रमा भएको सो शिविरमा आँखा जाँग गराएका ४० जनामध्ये १९ जनामा मोतियाविन्दुका रोग फेला परेको छ । यस्तै दुई जना जलविन्दु रोगी भेटेका छन् । मोतिविन्दु रोग फेला परेकाहरुलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानमा निःशुल्क अप्रेशन गरिने जनाएको छ ।
मधुमेह तथा गुलुकोमा रोगीहरुलाई लक्षित गरी सो आँखा शिविर संचालन गरिएको स्थानीय आयोजक आँखा तथा कान उपचार केन्द्र महेन्द्रनगरका नेत्र सहायक रजनिश झाले जानकारी दिनुभयो ।