Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

औरही न.पा.मा लिरिक परियोजनाको सामाजिक लेखा परिक्षण बैठक सम्पन्न, ४० महिनामा ४१ लाखभन्दा बढी खर्च

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
औरही न.पा.मा लिरिक परियोजनाको सामाजिक लेखा परिक्षण बैठक सम्पन्न, ४० महिनामा ४१ लाखभन्दा बढी खर्च

स्वागतम खबर
औरही, जेठ ७ ।

महोत्तरीको औरही नगरपालिकामा जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि स्थानीय पहल (लिरिक) परियोजनाको पालिका स्तरीय तेश्रो पक्षीय सामाजिक लेखा परिक्षण बैठक आइतबार सम्पन्न भएको छ । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास महोत्तरीले संचालन गर्दै आएको जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि स्थानीय पहल (लिरिक) परियोजनाको पालिका स्तरीय तेश्रो पक्षीय सामाजिक लेखा परिक्षण बैठक सम्पन्न गरेको छ ।
पैरवी मञ्चका अध्यक्ष नागदेव यादवको अध्यक्ष तथा औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्काको प्रमुख आतिथ्यमा सामाजिक लेखा परिक्षण बैठक सम्पन्न भएको छ । सो बैठकमा औरही नगरपालिकाका वडा नं. ७ का वडाअध्यक्ष जितेन्द्र यादव, ९ का अध्यक्ष रघुनन्दन चौधरी, पैरवी मञ्चका संस्थापक एवं सल्लाहकार सोम बहादुर कार्की, आड्रा नेपालका लिरिक परियोजनाका कार्यक्रम संयोजक तिर्थ कुमार तिम्सिना, कार्यक्रम अफिसर आमोद गौतम, परियोजनाका एक्सपर्ट एवं रुपान्तरण नेपालका विराट पन्त, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रभुषण ठाकुर, शिक्षा, युवा तथा खेलकुद शाखाका धनबहादुर राई, सूचना तथा संचार प्रविधि शाखाका मुकेश महतो, मञ्चका कोषाध्यक्ष सोममाया जिम्बा, सहसचिव निरु वाईवा, एडमिन म्यानेजर कृष्णदेव सुनरैत, फाइनान्स अफिसर ज्योति मानन्धर, अनुगमन तथा मूल्यांकन अफिसर स्वीटी गुप्ता, कृषि प्राविधिक दिनेश यादव, ईन्जिनियर रामनाथ यादव, फिल्ड सहजकर्ता फुलबाबु यादव लगायत स्थानीय नवोदय सामुदायिक सिकाई केन्द्रका प्रतिनिधी, विद्यालयका प्रतिनिधी, परियोजना अन्तर्गत औरही नगरपालिकाका विभिन्न समूहका अध्यक्ष, पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
बैठकमा जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत संस्थाले औरही नगरपालिकामा गरेको कार्य, त्यसबाट भएको उपलब्धी, परियोजनाको दिगोपना र परियोजनामा हालसम्म भएको खर्चको विवरण सार्वजनिक गरिएको छ ।
सो बैठकमा परियोजनाका फिल्ड संयोजक पप्पु यादवले नगरपालिकामा परियोजनाबाट हालसम्म ४० महिनाको अवधीमा गरिएको कार्य, क्रियाकलाप, उपलब्धी, परियोजनाको दिगोपना र लागत खर्चको विवरण सार्वजनिक गर्नुभयो । उहाँका अनुसार औरही नगरपालिकामा परियोजना अन्तर्गत कुल विनियोजित रकम रु. ५८ लाख रुपैयाँमध्ये हालसम्म ४१ लाख ११ हजार ८ सय १९ रुपैयाँ खर्च भएको छ । परियोजनाको सम्झौता अवधी अझै दुई महिना बाँकी रहेको उहाँले बताउनुभयो । परियोजनाले निर्धारण गरेको लक्ष्य र उद्देश्य अनुसारका कार्यहरु अझै पनि निरन्तर चलिरहेको संयोजक यादवले जानकारी दिनुभयो ।
औरही नगरपालिकामा परियोजनाले मरहा नदी तटीय क्षेत्रको तल्लो तटीय र उपल्लो तटीय क्षेत्रका १६७ घरधुरीका १२५ महिला र ४२ जना पुरुष नागरिक समुहमा आबद्ध भएर लाभान्वित भएका छन् । फिल्ड संयोजक यादवका अनुसार औरहीको वडा नं. ७ मा एक वटा समूह, ८ एक वटा समूह ९ मा ५ वटा समूह गरी जम्म ७ वटा समूह मार्फत परियोजनाले जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि लक्षित विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।
यता सो बैठकलाई सम्बोधन गर्दै पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत धनुषा र महोत्तरी जिल्लाका ६ पालिकामा नदी प्रणालीसँग जोडिएर परियोजना लक्षित कार्यक्रम गर्दै आएको र यसले जलवायु परिवर्तन प्रभाव न्यूनिकरणका लागि समुदाय र पालिकास्तरमा परिवर्तनको अनुभूति गराएको बताउनुभयो ।

कार्यक्रममा सहभागी समूहका पदाधिकारीहरुले आफुहरुलाई यस परियोजनाले निकै सहयोग गरेको भन्दै खुशी व्यक्त गरेका थिए । स्थानीय एउटा समूहकी रुञ्चीदेवी सदाले आफुले परियोजनाबाट पाएको बाख्राले आय आर्जनमा टेवा पुगेको बताईन् ।
परियोजना अन्तर्गत संस्थाले समूहहरुलाई विभिन्न प्राविधिक तालिम र सहयोग उपलब्ध गराउँदै आएको छ । परियोजनाले झोल मल मनाउने तालिम, जैविक विषादी बनाउने, टनेल खेती गर्ने, कृषि पाठशाला कार्यक्रम, खानेपानीको व्यवस्थापन तथा संरक्षण, सिंचाई, बाख्रा वितरण लगायतको कार्य जनसमुदाय र समूहको अगुवाई गर्दै आएको जनाएको छ । परियोजनाले विद्यालय, विभिन्न समूहहरुलाई प्राविधिक सामग्रीहरु समेत सहयोग गरेको जनाएको छ ।
युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रूपान्तरण नेपाल तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास महोत्तरीको साझेदारीमा लिरिक परियोजना संचालनमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य